काठमाडौं – भारतीय विदेशमन्त्री डा. एस जयशंकरले नेपालसँगको सम्बन्धलाई भारतले विशेष मित्रताको रुपमा लिएको उल्लेख गरेका छन् ।
आईतबार साँझ नयाँ दिल्लीस्थित होटल ताज महलमा प्रधानमन्त्री बालेन शाहसँग भेटवार्ता गरेपछि सञ्जालमार्फत उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री शाह आजबाट दुई दिने भ्रमणका लागि भारतको नयाँ दिल्लीमा छन् ।
सो क्रममा उनले पहिलो औपचारिक भेट विदेशमन्त्री डा. जयशंकरसँग गरेका हुन् । ‘आज साँझ नयाँदिल्ली भ्रमणका क्रममा नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गर्न पाउँदा खुसी लागेको छ,’ जयशंकरले लेखेका छन् । नले नेपालसँगको विशेष मित्रतालाई भारतले महत्त्वका साथ लिएको बताएका छन् ।
त्यस्तै, प्रधानमन्त्री शाहको सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने भेटवार्ताको प्रतीक्षा गरिरहेको पनि आफ्नो ट्वीटमा उल्लेख गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्