काठमाडौँ – साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार परिसूचक नेप्से ७.३८ अंकले घटेर २,६२१.२९ विन्दुमा झरेको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकममा भने सामान्य सुधार देखिएको छ। यस दिन कुल ३५२ कम्पनीका १ करोड ६ लाख २ हजार कित्ता सेयर ३ अर्ब ८८ करोड ७५ लाख रुपैयाँ बराबरमा किनबेच भएका छन्। बिहीबार बजारमा ३ अर्ब ८७ करोड रुपैयाँको कारोबार भएको थियो।
शुक्रबार कारोबारमा आएका कम्पनीमध्ये १८१ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। ८९ कम्पनीको मूल्य बढ्दा ९ कम्पनीको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। कुल १३ उपसमूहमध्ये बैंकिङ (०.४० प्रतिशत) र सामूहिक लगानी कोष समूह मात्र सामान्य अंकले हरियो रहे भने बाँकी ११ उपसमूह राताम्य बने। होटल तथा पर्यटन समूहमा सबैभन्दा धेरै १.३९ प्रतिशतको गिरावट देखियो।
कारोबार रकमका आधारमा ग्लोबल आईएमई बैंक शीर्ष स्थानमा रहेको छ, जसको २० करोड २२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भयो। त्यसपछि लक्ष्मी सनराइज बैंक र रिलायन्स स्पिनिङ मिल्सको सर्वाधिक कारोबार भएको छ।
मूल्य वृद्धिका आधारमा दोल्ती पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै ५.४१ प्रतिशत कमाएका छन् भने भूगोल इनर्जी र मनकामना इन्जिनियरिङ हाइड्रोपावर पनि शीर्ष कमाउने सूचीमा परे। यता मुक्तिनाथ म्युचुअल फन्ड २ को इकाई मूल्य ८.५० प्रतिशत र पाल्पा सिमेन्टको सेयर मूल्य ६.५५ प्रतिशतले घट्दै सर्वाधिक गुमाउनेमा रहे।


प्रतिक्रिया दिनुहोस्