नेप्से परिसूचकमा सामान्य सुधार, कारोबार रकम सात अर्ब रुपैयाँ पार

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ कार्तिक २०८३, बुधबार
1 Min Read
Aa

काठमाडौं – लामो समयको सुस्ततापछि सेयर बजारमा आज परिसूचक र कारोबार रकम दुवैमा उत्साहजनक सुधार देखिएको छ। धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ भने कारोबार रकमले सात अर्बको बलियो बलियो आँकडा पार गरेको छ।

विगत केही हप्तादेखि दैनिक ५ अर्ब रुपैयाँभन्दा तल सीमित हुँदै आएको कारोबार रकममा आज उल्लेख्य वृद्धि भएको हो। बजारमा कारोबार रकम ७ अर्ब माथि पुग्नुलाई लगानीकर्ताहरूले बजारमा सकारात्मक चहलपहल फर्किएको र ठूला लगानीकर्ताको मनोबल बढेको संकेतका रूपमा लिएका छन्।

- Advertisement -
Ad image

आजको बजारमा विशेष गरी बैंकिङ, जलविद्युत र बिमा उपसमूहमा लगानीकर्ताहरूको आकर्षण बढेको देखिएको छ। परिसूचकमा आएको सामान्य अंकको वृद्धि र कारोबार रकममा भएको यो उत्साहजनक सुधारले आगामी दिनमा बजारले सकारात्मक लय समात्ने अपेक्षा लगानीकर्ताहरूले गरेका छन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्