मनोज केसीलाई प्रहरी महानिरीक्षक बनाउने सरकारको निर्णयविरुद्ध कार्की भोलि सर्वोच्च अदालत जाने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ कार्तिक २०८३, बुधबार
1 Min Read
Aa

काठमाडौँ – सरकारले नेपाल प्रहरीको सर्वोच्च नेतृत्वमा आकस्मिक हेरफेर गर्दै अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गरेको छ। मन्त्रिपरिषद्को बैठकले बहालवाला आईजीपी दानबहादुर कार्कीलाई हटाएर केसीलाई संगठनको कमान्ड सुम्पिने निर्णय गरेको हो।

सरकारको यो अप्रत्याशित निर्णयसँगै नेपाली सुरक्षा र प्रशासनिक वृत्तमा नयाँ तरङ्ग पैदा भएको छ। आफूलाई अन्यायपूर्ण तरिकाले पदबाट हटाइएको भन्दै निवर्तमान आईजीपी कार्कीले कानुनी लडाइँ लड्ने तयारी थालेका छन्। उनी आफ्नो पदमा पुनर्बहालीको माग गर्दै भोलि सर्वोच्च अदालत जाने निर्णयमा पुगेका छन्।

- Advertisement -
Ad image

यसअघि पनि नेपाल प्रहरीमा आईजीपी हटाउने र अदालतबाट पुनर्बहाली हुने शृङ्खला चलिसकेकाले कार्कीको आगामी कानुनी कदम र सर्वोच्च अदालतको आदेशमा सबैको चासो केन्द्रित भएको छ। नयाँ आईजीपीको रूपमा आएका मनोज केसीको नियुक्ति र कार्कीको अदालती चुनौतीले आगामी दिनमा प्रहरी संगठनको नेतृत्व कता मोडिने हो भन्ने कुराको निक्र्योल गर्नेछ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्