रुसी तेल प्रशोधन केन्द्रमा आक्रमण तीव्र पार्ने जेलेन्स्कीको चेतावनी, रुसको इन्धन निर्यातमा ठूलो गिरावट

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ आश्विन २०८३, आईतवार
1 Min Read
Aa

काठमाडौं – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसभित्र रहेका तेल प्रशोधन केन्द्र र ऊर्जा संरचनाहरूमा आक्रमण थप तीव्र पार्ने चेतावनी दिएका छन्। युक्रेनले आफ्नै उत्पादनका लामो दूरीका क्षेप्यास्त्र र अत्याधुनिक ड्रोन प्रविधिको विकासलाई तीव्रता दिँदै रुसको युद्ध क्षमता कमजोर बनाउने रणनीति अख्तियार गरेको हो।

युक्रेनको यो रणनीतिक कदम र लगातारका ड्रोन आक्रमणका कारण रुसको घरेलु इन्धन उत्पादन र अन्तर्राष्ट्रिय बजारमा हुने आपूर्ति शृङ्खला नराम्ररी प्रभावित भएको छ। तथ्यांकअनुसार सन् २०२५ मा प्रतिदिन औसत ८ लाख ६० हजार ब्यारेल रहेको रुसी इन्धन निर्यात घटेर गत अगस्टमा ५ लाख ९१ हजार ब्यारेलमा सीमित हुन पुगेको छ। इन्धन संकट गहिरिँदै गएपछि रुसले आफ्नै देशबाट हुने इन्धन निर्यातमा कडा प्रतिबन्ध समेत लगाउनु परेको छ।

- Advertisement -
Ad image

युक्रेनले हालै रुसको तातारस्तान, यारोस्लाभस्थित स्लाभनेफ्ट–यानोस रिफाइनरी र मस्कोका प्रमुख तेल प्रशोधन केन्द्रहरूमा शृङ्खलाबद्ध ठूला ड्रोन आक्रमण गरिसकेको छ। राष्ट्रपति जेलेन्स्कीले आफ्नो रक्षा बजेटको अभाव पूर्ति गर्न आन्तरिक स्रोतको पुनःविनियोजन र युरोपेली साझेदारहरूको सहयोगमा सन् २०२७ को सुरुआतसम्मका लागि आवश्यक ड्रोन खरिद एवं उत्पादनको वित्तीय स्रोत सुरक्षित भइसकेको स्पष्ट पारेका छन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्