नेपाली कांग्रेसको १५औं महाधिवेशन काठमाडौंमा आजदेखि सुरु, खुल्ला मञ्चमा भव्य उद्घाटन हुँदै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ आश्विन २०८३, आईतवार
1 Min Read
Aa

काठमाडौं – नेपाली कांग्रेसको १५औं राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौंमा औपचारिक रूपमा सुरु हुँदैछ। यसअघि असोज १६ गतेका लागि तय गरिएको महाधिवेशन आन्तरिक तयारी र कार्यतालिका परिमार्जनका कारण दुई दिन पछि सरेर आजदेखि सुरु हुन लागेको हो।

महाधिवेशनको भव्य उद्घाटन आज दिउँसो २ बजे काठमाडौंको खुल्ला मञ्चमा हुने कार्यक्रम रहेको छ। कांग्रेसले यस पटकको महाधिवेशनका लागि ‘परम्पराको सम्मान र परिवर्तनको संकल्प: समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने मूल नारा तय गरेको छ।

- Advertisement -
Ad image

उद्घाटन समारोहमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, र रास्वपा सभापति रवि लामिछानेसहित विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई अतिथिका रूपमा आमन्त्रण गरिएको छ।

यस ऐतिहासिक महाधिवेशनमा देशभर र विदेशस्थित जनसम्पर्क समितिमार्फत ७ हजारभन्दा बढी प्रतिनिधिहरू सहभागी हुँदैछन्।महाधिवेशनका लागि प्रतिनिधिहरूको दर्ता प्रक्रिया सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भइसकेको छ। आजको उद्घाटन सत्र पश्चात महाधिवेशनको बन्दसत्र तथा नयाँ नेतृत्व चयनका बाँकी संगठनात्मक कार्यक्रमहरू सोमबार र मंगलबार (१९ र २० असोज) सम्म चल्नेछन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्