इतिहासकै धेरै प्रतिनिधिको सहभागितासहित नेपाली कांग्रेसको १५औँ महाधिवेशन आईतबारदेखि सुरु हुँदै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ आश्विन २०८३, शनिबार
1 Min Read
Aa

काठमाडौं – नेपाली कांग्रेसको बहुप्रतीक्षित १५औँ राष्ट्रिय महाधिवेशन आईतबारदेखि काठमाडौंको खुलामञ्चमा भव्य रूपमा सुरु हुँदैछ। यस पटकको महाधिवेशनमा देशभरका स्थानीय तह, क्षेत्र र प्रदेशबाट चुनिएर आएका इतिहासकै सबैभन्दा धेरै महाधिवेशन प्रतिनिधिहरू सहभागी हुने निश्चित भएको छ।

पार्टी केन्द्रीय कार्यालयका अनुसार संगठन विस्तार र नयाँ विधानको कार्यान्वयनसँगै प्रतिनिधिहरूको संख्या विगतका महाधिवेशनहरूको तुलनामा उल्लेख्य रूपमा वृद्धि भएको हो।

- Advertisement -
Ad image

महाधिवेशनको उद्घाटन सत्रलाई भव्य बनाउन खुलामञ्चमा सम्पूर्ण तयारी पूरा भइसकेको छ। उद्घाटन समारोहमा वर्तमान सभापति गगन थापा लगायत कांग्रेसका शीर्ष नेताहरूका साथै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र रास्वपा सभापति रवि लामिछाने लगायत विभिन्न राजनीतिक दलका प्रमुख नेताहरूलाई आमन्त्रण गरिएको छ।

ऐतिहासिक संख्यामा उपस्थित हुने प्रतिनिधिहरूले आगामी कार्यकालका लागि पार्टीको नयाँ नेतृत्व चयन गर्नुका साथै देशको समसामयिक राजनीतिक, आर्थिक र सामाजिक मार्गचित्र तय गर्न नीतिगत प्रस्तावहरूमाथि गहन छलफल गर्नेछन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्