भोटेकोशी-त्रिशूली विपद् सम्बन्धी संसदीय विशेष समितिको कार्यविधि पारित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ आश्विन २०८३, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – प्रतिनिधि सभा अन्तर्गतको ‘हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद् सम्बन्धी संसदीय विशेष समिति’ ले आफ्नो कार्यविधि पारित गरेको छ। सिंहदरबारमा बिहीबार बसेको समितिको बैठकले सदस्यहरूले राखेका विभिन्न सुझावहरूका आधारमा परिमार्जनसहित यो कार्यविधि पारित गरेको हो।

समितिका सभापति गणेश पराजुलीका अनुसार परिमार्जित कार्यविधि सर्वसम्मतिले पारित भएसँगै अब समितिको आगामी बैठकमा टिओआर माथि विस्तृत छलफल गरी त्यसलाई टुङ्गो लगाइनेछ। बैठकमा सभापति पराजुलीले प्रतिनिधि सभामा रहेका विभिन्न क्षेत्रका विषयगत विज्ञ सांसदहरूलाई आमन्त्रित सदस्यको रूपमा सहभागी गराउन प्रस्ताव समेत गरेका छन्। यसका लागि आ-आफ्नो दलबाट सम्बन्धित विषयका विशेषज्ञ सांसदहरूको नाम प्रस्ताव गरेर ल्याउन उनले आग्रह गरे।

- Advertisement -
Ad image

यस कार्यविधि पारित भएसँगै समितिको आगामी कामको दायरा र व्यापकता अझ स्पष्ट भएको समिति सदस्यहरूले बताएका छन्। सरकारी निकायहरूले गरिसकेका महत्त्वपूर्ण कामलाई आधार बनाउँदै उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गर्ने समितिको तयारी छ। समितिको कार्यक्षेत्रलाई थप प्रभावकारी बनाउन र टिओआरलाई अन्तिम रूप दिनका लागि अर्को बैठक शुक्रबार दिउँसो ३ बजे बस्ने गरी तय गरिएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्