परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच न्युयोर्कमा भेटवार्ता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ आश्विन २०८३, बुधबार
1 Min Read
Aa

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री एलिसन हुकरबिच न्युयोर्कमा द्विपक्षीय वार्ता भएको छ।

भेटका अवसरमा नेपाल र अमेरिकाबिचको सम्बन्ध, हालै भोटेकोसी नदीमा गएको बाढीपश्चात् राहत तथा पुनर्निर्माणका काम लगायतका विषयमा छलफल भएको अमेरिकास्थित नेपाली नियोगले जनाएको छ।

- Advertisement -
Ad image

त्यस अवसरमा मन्त्री खनाल र उपविदेशमन्त्री हुकरबीच पुनर्निर्माणका प्रयासहरूमा अमेरिकाको निरन्तर सहयोगको विषयमा समेत कुराकानी भएको छ। भेटघाटमा परराष्ट्रसचिव अमृतबहादुर राई र स्थायी नियोग प्रमुख लोकबहादुर थापालगायतका उच्च अधिकारीहरूको सहभागिता थियो।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्