काठमाडौं – रियाल मड्रिडले स्पेनिस ला लिगामा सहरी प्रतिद्वन्द्वी एट्लेटिको मड्रिडसँग २–१ को हार व्यहोरेको छ ।
आईतबार मेट्रोपोलिटानो रंगशालामा घरेलु टोली एट्लेटिकोलाई जित दिलाउन अलेजान्द्रो ग्रिमाल्डो र जोनाथन डेविडले गोल गरे । रियालका लागि एन्टोनियो रुडिगरले गोल फर्काए ।
खेलको ५२औँ मिनेटमा डिफेन्डर डिन हुइसेनले रातो कार्ड व्यहोर्दै मैदान छाडेपछि रियाल १० खेलाडीमा समेटियो । त्यसको फाइदा एट्लेटिकोले लियो ।
ग्रिमाल्डोले ५३औँ मिनेटमा पेनाल्टीमार्फत एट्लेटिकोलाई अग्रता दिलाए । ६ मिनेटपछि नै डेविडले टोलीको अग्रता दोब्बर बनाए । निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा रुडिगरले गरेको गोल रियालका लागि सान्त्वना बन्यो ।
जितसँगै सात खेलमा १६ अंक जोडेको एट्लेटिको दोस्रो स्थानमा उक्लिएको छ । पराजित रियाल समान खेलबाट १५ अंकका साथ चौथो स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस्