परराष्ट्रमन्त्री खनाल न्युयोर्क प्रस्थान, प्रधानमन्त्री ६ असोजमा जाने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ आश्विन २०८३, आईतवार
1 Min Read
Aa

काठमाडौँ – संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागिता जनाउन परराष्ट्रमन्त्री शिशिर खनाल नेतृत्वको टोली आइतबार संयुक्त राज्य अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गरेको छ।

परराष्ट्र मन्त्रालयका अनुसार न्युयोर्क बसाइका क्रममा मन्त्री खनालले महासभाको उच्चस्तरीय सत्रअन्तर्गत आयोजना हुने विभिन्न उच्चस्तरीय बैठक तथा मन्त्रिस्तरीय भेलाहरूमा सहभागिता जनाउनेछन्। सो अवसरमा उनले विभिन्न मित्रराष्ट्रका समकक्षी तथा अन्तर्राष्ट्रिय निकायका विशिष्ट व्यक्तित्वहरूसँग द्विपक्षीय हित र कूटनीतिक सम्बन्ध सुदृढीकरणका विषयमा भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।

- Advertisement -
Ad image

यसैबिच, संयुक्त राष्ट्रसङ्घको महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन शाह आगामी ६ असोजमा अमेरिका प्रस्थान गर्ने भएका छन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्