आजको मौसम: मनसुनी र पश्चिमी वायुको डबल असर कोशी, बागमती र गण्डकीमा भारी वर्षाको चेतावनी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ आश्विन २०८३, शनिबार
1 Min Read
Aa

काठमाडौँ – नेपालमा हाल मनसुनी वायु र पश्चिमी वायुको संयुक्त आंशिक प्रभाव देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यस मौसमी प्रणालीका कारण आज देशका तीनवटा प्रदेशमा भारी वर्षाको उच्च सम्भावना रहेको छ।

महाशाखाले आज कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा चट्याङ्गसहित भारी वर्षा हुन सक्ने भन्दै विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ।

- Advertisement -
Ad image

यस्तो छ आजको मौसम पूर्वानुमान:

दिउँसो: देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुनेछ भने केही स्थानमा भारी वर्षाको सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्र तथा तराईका थोरै स्थानहरूमा पनि मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा हुन सक्छ।

राति: कोशी प्रदेश र देशका अन्य पहाडी भूभागमा मौसम साधारणतया बदली रहनेछ। कोशी र गण्डकीका पहाडी क्षेत्र तथा बागमतीका थोरै स्थानमा राति पनि चट्याङ्गसहित मध्यम वर्षा जारी रहनेछ।

सतर्कता अपनाउन आह्वान:
भारी वर्षा र चट्याङ्गका कारण पहाडी तथा हिमाली क्षेत्रमा गेग्रान बहाव, बाढी, र पहिरोको जोखिम रहन सक्ने भएकाले महाशाखाले नदी तटीय क्षेत्र र भिरालो जमिन आसपास रहने बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्