एन्फा कार्यालयमा सीआईबीको छापा, कागजात नियन्त्रणमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ आश्विन २०८३, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यालयमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले छापा मारेको छ । शुक्रबार एन्फा मुख्यालय सादोबाटोमा छापा मारेर सीआईबीले अनुसन्धानका लागि आवशयक पर्ने कागजात नियन्त्रणमा लिएको हो ।

सीआईबीका एसएसपी तथा प्रवक्ता अनुपम शमशेर जबराले एन्फा कार्यालयमा छापा मारेर अनुसन्धानका लागि आवश्यक पर्ने कागजात नियन्त्रणमा लिएको जानकारी दिए । उनका अनुसार आर्थिक अनियमितता लगायतका विषयमा एन्फामाथि उजुरी परेको र सीआईबीले अनुसन्धान गरिरहेको छ ।

- Advertisement -
Ad image

 

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्