सरकार सञ्चालन प्रधानमन्त्रीले र पार्टीको जिम्मेवारी मैले लिने गरी कामको बाँडफाँट भएको छ: सभापति लामिछाने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३१ भाद्र २०८३, बुधबार
1 Min Read
Aa

काठमाडौं – सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री र आफूबीच सरकार तथा दल सञ्चालनका लागि स्पष्ट कामको बाँडफाँट भएको दाबी गरेका छन् । सिंहदरबारमा बुधबार आयोजित सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति लामिछानेले यस्तो दाबी गरेका हुन् ।

विगतको भन्दा अहिलेको कार्यशैली फरक रहेको स्पष्ट पार्दै सरकार सञ्चालनको पूर्ण जिम्मेवारी प्रधानमन्त्रीले र राजनीतिक दल व्यवस्थापनको जिम्मेवारी पार्टी नेतृत्वका हिसाबले आफूले सम्हाल्ने गरी स्पष्ट खाका बनेको जिकिर गर्दै यस प्रकारको स्पष्ट कार्यविभाजनले गर्दा काममा कुनै पनि किसिमको दोहोरोपन (डुप्लिकेसन) नहुने र कार्यसम्पादन थप प्रभावकारी हुने उनको जिकिर छ ।

- Advertisement -
Ad image

पछिल्लो समय भोटेकोशी बाढीपछि उत्पन्न संकट र विपद् व्यवस्थापनमा सरकारले बेवास्ता गरेको भनी भइरहेको आलोचनाको खण्डन गर्दै लामिछानेले प्रधानमन्त्री निरन्तर बैठक र प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँग प्रत्यक्ष संवादमा रहेको जानकारी दिए । हालैको प्राकृतिक विपद्को प्रकृति जटिल र प्राविधिक भएकाले सरकारले विज्ञहरूको सुझावका आधारमा वैज्ञानिक अध्ययन र अनुसन्धान अघि बढाउनुपर्नेमा उनको विशेष जोड छ ।

रास्वपा संसदीय दलको कार्यालयमा सम्पन्न उक्त बैठकले बाढीपछिको राहत, पुनर्स्थापना र जलवायु परिवर्तनका एजेन्डामा केन्द्रित भई काम गर्न उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने निर्णय समेत गरेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्