नेपालका लागि रियाल मड्रिड र मलागाको ऐक्यबद्धता, खेलअघि एक मिनेट मौनधारण

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ भाद्र २०८३, सोमबार
1 Min Read
Aa

काठमाडौं – स्पेनिस क्लबद्वय रियाल मड्रिड र मलागाले नेपालका लागि प्रार्थना गर्दै विनाशकारी बाढीबाट प्रभावित तथा मृतकप्रति श्रद्धाञ्जलीस्वरूप एक मिनेट मौनधारण गरेका छन् ।

क्लबका खेलाडी, प्रशिक्षक तथा कर्मचारीहरूले गएराति रियालको घरेलु मैदान स्यान्टियागो बर्नाबेयमामा भएको खेलअघि नेपालका लागि प्रार्थना गरेका हुन् ।

- Advertisement -
Ad image

उक्त खेलमा रियाल मड्रिडले ४–० को एकतर्फी जित निकालेको थियो । रियालका लागि जुड बेलिङघम, किलियन एमबाप्पे र अर्दा गुलरदले एक–एक गोल गर्दा एक गोल आत्मघाती भएको थियो ।

यसअघि स्पेनिस ला लिगा अन्तर्गगतकै बार्सिलोनाल एथलेटिक क्लबबीच खेलअघि पनि मौनधारण गरिएको थियो ।

यसैगरी, अर्को क्लब एट्लेटिको मड्रिडले पनि ऐक्यबद्धता जनाउँदै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेको थियो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्