रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० भाद्र २०८३, बुधबार
1 Min Read
Aa

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएको छ।

रास्वपा सभापति रवि लामिछानेको आह्वानमा बैठक बिहीबार बिहान ९ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्ने प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।

उनका अनुसार बैठकमा भोटेकोशी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको अवस्था, बेपत्ताको खोजी, उद्धार तथा राहत कार्य र प्रभावितको पुनःस्थापनाका विषयमा छलफल हुनेछ ।

- Advertisement -
Ad image
बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य भइरहेका बेला त्यसलाई थप प्रभावकारी बनाउने तथा प्रभावितको पुनःस्थापनाका लागि आवश्यक पहल गर्ने उद्देश्यले बैठक बोलाइएको प्रवक्ता खरेलले जानकारी दिए ।
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्