एकैदिनमा रिहा भए दुर्गा प्रसाईं

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ श्रावण २०८३, सोमबार
1 Min Read
Aa

काठमाडौँ – मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेको २४ घण्टा नबित्दै रिहा भएका छन्। सार्वजनिक शान्तिविरुद्धको कसुर अन्तर्गत अनुसन्धानका लागि प्रहरीले प्रसाईंलाई आइतबार राति भक्तपुरस्थित उनकै निवासबाट नियन्त्रणमा लिएको थियो।

प्रहरीले सोमबार अनुसन्धानका लागि ७ दिनको थुना म्याद माग्दै प्रसाईंलाई जिल्ला अदालत भक्तपुरमा पेस गरेको थियो। तर, न्यायाधीश नवराज दाहालको इजलासले हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति नदिई म्याद थप गर्न अस्वीकार गरेको हो।

- Advertisement -
Ad image

अदालतको उक्त आदेश लगत्तै प्रहरीले आवश्यक कानुनी प्रक्रिया पुरा गरी प्रसाईंलाई हिरासतबाट तत्काल मुक्त गरेको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्