३३ अंकको गिरावटसँगै नेप्से २७ सय विन्दुमा खुम्चियो: ६ अर्बको सेयर कारोबार

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ श्रावण २०८३, सोमबार
2 Min Read
Aa

काठमाडौं – धितोपत्र बजारमा सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज परिसूचक ३३.२८ अंकले घटेर २,७०१.३२ विन्दुमा बन्द भएको हो । बजार खुलेको सुरुवाती समयमा सुधारको संकेत देखाउँदै दिउँसो १२:१३ बजे परिसूचक २,७४४ अंकको उच्च विन्दुसम्म पुगेको थियो । तर, त्यसपछि लगातार बिक्री चाप बढ्दा अन्तिम समयमा बजार १.२१ प्रतिशतले घट्न पुग्यो ।

परिसूचकसँगै आज कारोबार रकममा पनि केही सुस्ती देखिएको छ । दिनभर कुल ३६० कम्पनीका १ करोड ३९ लाख ७६ हजारभन्दा बढी कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीहरूमध्ये कुल २३४ कम्पनीको सेयर मूल्य ओरालो लागेको छ भने ३६ कम्पनीको मूल्य बढेको छ र ५ कम्पनीको मूल्यमा कुनै परिवर्तन भएन ।

- Advertisement -
Ad imageAd image

यस गिरावटमा पनि एभरेष्ट कलर लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको सेयर मूल्यमा १४.९९ प्रतिशतको वृद्धि आएसँगै सकारात्मक सर्किट लागेको हो । उता आत्मनिर्भर लघुवित्तका लगानीकर्ताले भने सबैभन्दा धेरै १३.३८ प्रतिशतका दरले रकम गुमाएका छन् । कारोबार रकमका आधारमा आज रिलायन्स स्पिनिङ मिल्स ३३ करोड ८६ लाख रुपैयाँसहित शीर्ष स्थानमा रह्यो । ग्लोबल आइएमई बैंक २८ करोड १३ लाख र रिडी पावर कम्पनी २२ करोड १३ लाख रुपैयाँको कारोबारसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।

आज बैंकिङ र म्युचुअल फन्ड उपसमूह मात्र सामान्य बढेर हरियाली देखिएका छन् । बाँकी सबै उपसमूह ओरालो लाग्दा उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै २.३० प्रतिशतले घट्यो । यस्तै होटल तथा पर्यटन, व्यापार, र विकास बैंक उपसमूह पनि २ प्रतिशतभन्दा बढीले ओरालो लागेर बन्द भएका छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्