साउन ११ गते सोमबारको तपाईको राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ श्रावण २०८३, सोमबार
7 Min Read
Aa

आज मिति वि.सं.२०८३ साल साउन ११ गते । सोमबार । इस्वी सन् २०२६ जुलाई २७ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४८ । आषाढ शुक्लपक्षको त्रयोदशी तिथि । आज बिहान ५ बजेर २५ मिनेटमा काठमाडौ उपत्यकामा झुल्किएको घाम साँझ ६ बजेर ५४ मिनेटमा अस्ताउने छ । अहिले बिहान ७ बजेर ५ मिनेटदेखि ८ बजेर ४७ मिनेटसम्म राहुकाल रहने हुनाले कुनै शुभकार्य नगर्नुहुन अनुरोध छ ।

आजको राशिफल

- Advertisement -
Ad imageAd image

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):– आजको दिन कतिपय अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनसक्छ । अध्ययन-अध्यापन एवम् बौद्धिक क्रियाकलापमा सफलता मिल्ने समय छ । कामको सिलसिलामा यात्राको योग छ । धेरैले बुद्धि-विवेकको तारिफ गर्नेछन् । आम्दानी र खर्च बराबरजस्तो होला । नियमित काममा मन जानेछ । मिठो भोजन प्राप्त होला । रसरागात्मक कार्यमा आकर्षण बढ्नेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो):– आजका योजना पूर्णरूपले कार्यान्वयन नहुन सक्छन् । कामको बोझले थाकेको महसुस हुने देखिन्छ । घर-गृहस्थीमा समस्या आउनुका साथै छिमेकीसँग विवादको योग रहेकोले बोली र व्यवहारमा संयमता अपनाउनु उचित हुनेछ । निकटका मित्रजन एवम् कुटुम्बका नातेदारको सल्लाह-सहयोगको खाँचो महसूस होला । आजको दिन खर्च बढ्ने देखिन्छ, मितव्ययिता अपनाउनु हितकर होला । चुनौतीका बाबजुद आत्मविश्वास कायम रहनेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह):– आजको दिन काममा सहयोगीहरूले राम्रो साथ दिनेछन् । विशेष योजना अघि बढाउने सवालमा कसैबाट राम्रो साथ-समर्थन पाइएला । वौद्धिक क्रियाकलापमा भने आज आंशिकमात्र सफलता मिल्ने देखिन्छ । शत्रुहरू परास्त हुनेछन् भने प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ । आरोग्यता रहला । साहसिक काममा आकर्षण रहनेछ । सुख सुविधाको वस्तुमा खर्च बढ्न सक्छ । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):– वुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने समय छ । बन्द-व्यापारबाट लाभ मिल्नेछ । प्रेम प्रसङ्ग सुखद रहनेछ । विगतका कर्मको उचित प्रतिफल मिल्नेछ । ब्यस्तता बढेपनि सुखद फल प्राप्त होला । आरोग्यबल बढ्नेछ । मिठो भोजन प्राप्त होला । शत्रुमाथि विजय प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):– सोच्दै नसोचेको स्थानबाट लाभ हुने शुभदायी समय छ । उद्योग–व्यापारमा विशेष फाइदाको योग छ । मित्रजनको साथ र मिष्ठान्न भोजन मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ भने आफन्तजनले प्रशंसा गर्नेछन् । प्रयास गरे फसेको पैसा उठ्ने योग छ । साथीभाइले सहयोग गर्नेछन्, पराक्रम वृद्धि हुनेछ । रसरागको क्रियाकलापमा आकर्षण रहनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो):– मिश्रित फलदायी समय छ । नियमित कार्यमा खासै मन नजाने देखिन्छ । सबल स्वास्थ्यका लागि खानपानमा सजग रहनु उचित होला । अनावश्यक ठाउँमा धन खर्च हुँदैछ । आम्दानीमा कमी आउनेछ । अध्ययन-अध्यापनमा मन लगाउन निकै कठिन पर्ला । खानपानमा नियन्त्रण गर्नु उचित हुनेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ । पारिवारिक सुखशान्ति बढ्नेछ । साथीभाइको सहयोग प्राप्त हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते):– मनमा दुविधा रहनसक्ने दिन छ । सामाजिक काममा नाम रहनेछ तर जागिरमा चाहिँ विशेष होसियारी अपनाउनुपर्ने देखिन्छ । स्वास्थ्यका दृष्टिकोणले राम्रो समय छ । आर्थिकलाभ हुनेछ तर आर्जित धन जोगाउन सजग रहनुपर्नेछ । कसैसंग विवाद तथा मनमुटाव हुन सक्छ, सावधान रहनुहोला । प्रशंसकहरूले पनि आलोचना गर्नसक्ने योग छ । यात्रागत कार्य सार्थक रहनेछ ।

वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु):– आर्थिक क्षेत्र सबल तथा फलदायी हुने दिन छ । नसोचेको ठाउँबाट पैसा आउने देखिन्छ । अचानक उपहार मिल्ने योग छ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा विशेष फाइदा होला । आम्दानी बढ्ने तथा धनलाभ हुनेछ । खर्च केही वृद्धि होला । शुभता बढेर रोकिएको काम बन्नेछ । सामर्थ्य वृद्धि हुनेछ । रचनात्मक कार्यमा विशेष सफलता प्राप्त हुनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):– सकारात्मक तथा व्यवहारिक सोचको विकास हुने र रमाइलो तरिकाले कामहरु गर्न सकिने समय छ । उपलब्धिमूलक रमाइलो यात्रा हुन सक्छ । व्यापार-व्यवसायबाट सन्तोषजनक लाभ मिल्ला । नियमित कार्य सहज र सामान्य रहनेछ । धार्मिक तथा सामाजिक क्रियाकलापमा मन जाने देखिन्छ । दाम्पत्यसुख बढ्नेछ । आमोदप्रमोदमा रम्नुहुनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):– चुनौतीयुक्त समय छ । बौद्धिक कार्यबाट धनलाभ भएपनि आर्जित रकम फस्ने सम्भावना छ, कारोबारमा सजग रहनुहोला । स्वास्थ्य केही कमजोर रहेको अनुभूति हुनसक्छ । अरूको मात्र भर पर्दा काममा धोका हुनसक्ने योग छ । कमाइ कम खर्च धेरै हुने देखिन्छ । सानो कुराले पनि अशान्ति र छटपटी बढाउन सक्छ । वादविवादको सामना गर्नुपर्ने योग छ । तर, पारिवारिक समस्याको समाधान मिल्नेछ । यात्रापरक काम बन्नेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द):– आजको दिन टाढाको साथीसँगको भेटघाटले मन प्रफुल्ल रहला । तर, सोचेको काम भने समयमा नै पूरा नहुन सक्छ । बन्न लागेको काम बिग्रन सक्छ, सावधान रहनुहोला । काम बने पनि अशुभ समाचारले मन खिन्न तुल्याउने योग छ । आमाबाट आएको धनको उपयोगबाट लाभ उठाउन सकिनेछ । सोचेको जति फाइदा नबने पनि आंशिक सफलता मिल्ने देखिन्छ । बौद्धिक तथा रचनात्मक कार्य बन्नाले राहत मिल्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि):– रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । आज धार्मिक, सामाजिक वा सांस्कृतिक काममा खट्नुपर्ने देखिन्छ । आर्थिक पक्षमा सुधार आइ सन्तोषजनक रहला । रसरागमा आकर्षण बढ्नेछ । साझेदारीको कामबाट विशेष लाभ होला । दाम्पत्यसुख बढ्नेछ । समस्यामा आफन्तको साथ मिल्नेछ । सुख विलास पनि बढ्नेछ ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्