काठमाडौँ – साताको अन्तिम कारोबार दिन शुक्रबार धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक सामान्य अंकले बढेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज परिसूचक ७.९० अंकले बढेर २,७३४.६३ विन्दुमा पुगेर बन्द भएको हो।
आज बजारमा कारोबार रकममा पनि उल्लेखनीय सुधार देखिएको छ। दिनभर भएका कारोबारमा ३५३ कम्पनीका १ करोड ३७ लाख ६९ हजार कित्ता सेयर कुल ६ अर्ब २६ करोड ७२ लाख २६ हजार रुपैयाँमा खरिदबिक्री भए।
कारोबार भएका कम्पनीहरूमध्ये आज १५२ कम्पनीको सेयर मूल्य बढेको छ भने १०९ कम्पनीको मूल्यमा गिरावट आएको छ। बाँकी १५ कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो। आजको बजारमा रिडी पावर कम्पनीको सबैभन्दा धेरै अर्थात् ३० करोड ९३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो भने एभरेष्ट कलर र आत्मनिर्भर लघुवित्तका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन्।


प्रतिक्रिया दिनुहोस्