सेयर बजारमा १४ अंकको सुधार, साढे ४ अर्बभन्दा बढीको कारोबार

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ श्रावण २०८३, बिहीबार
1 Min Read
Aa
काठमाडौं – धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक १४.१७ अंकले बढेर २,७२६.७२ विन्दुमा पुगेको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २.२२ अंकले बढेर ४९१.०८ मा पुगेको दिन बजारमा कुल ४ अर्ब ६९ करोड ३४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
दिनभर कुल ३३८ कम्पनीको १ करोड १३ लाख ५४ हजार २८४ कित्ता सेयर खरिद-बिक्री हुँदा १५३ वटा कम्पनीको मूल्य बढेको छ, १११ वटाको घटेको छ भने १२ कम्पनीको मूल्य स्थिर रहेको छ।
आजको बजारमा एभरेस्ट कलर लिमिटेडको सेयर मूल्य १४.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ भने कुथेली बुखरी स्मल हाइड्रोपावरको मूल्य १५ प्रतिशतले घट्दै नकारात्मक सर्किट तहमा ओर्लिएको छ। कम्पनीहरूमध्ये रिलायन्स स्पिनिङ मिल्स २८ करोड ३३ लाख रुपैयाँको सर्वाधिक कारोबारसहित शीर्ष स्थानमा रहन सफल भयो।
समूहगत रूपमा हेर्दा १३ उपसमूहमध्ये ११ वटामा वृद्धि देखिएको छ, जसमा व्यापार समूह सबैभन्दा धेरै २.५८ प्रतिशतले बढेको छ भने लगानी र अन्य समूहको सूचकमा मात्र गिरावट आएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्