आर्थिक वर्षको अन्तिम कारोबार दिन नेप्सेमा सामान्य वृद्धि: कारोबार रकम पनि बढ्यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३२ असार २०८३, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – नेप्सेमा आज सामान्य वृद्धि भएको छ । आज विहिबार नेप्से ७.५० अंकले बढेर २५९७.८० विन्दुमा पुगेर रोकिएको छ । आज ३७१ कम्पनिका ९४ लाख ६९ हजार ९९ कित्ता शेयर ४ अर्ब ५६ करोड २९ लाख ५० हजार ७०० मा कारोबार भएको थियो । आज फाइनान्स, होटल्स, हाइड्रो र उत्पादन बाहेक सबै क्षेत्रका शेयर मुल्य बढेको छ ।

आज, सबैभन्दा बढी एनआइबिएल ग्रोथ फण्डको शेयर १४.९६ प्रतिशतले बढेको छ भने फर्स्ट माइक्रो फाइनान्स लघुवित्तको शेयर १४.६७ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी कर्पोरेट विकास बैंकको शेयर ८.७७ प्रतिशतले घटेको छ ।

- Advertisement -
Ad imageAd image

त्यस्तै आज सबै भन्दा बढी सिंगटी हाइड्रोको २४ करोड ७४ लाख बराबरको कारोबार भएको छ भने सानिमा डिभेन्चर २०८७ को २३ करोड बराबरको कारोबार भएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्