रास्वपा महाधिवेशन: पदाधिकारी निर्वाचन कार्यतालिका फेरि धकेलियो, केन्द्रीय सदस्यको अन्तिम नतिजा घोषणा हुनै बाँकी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ असार २०८३, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – रास्वपाको प्रथम महाधिवेशनमा केन्द्रीय सदस्यहरूको अन्तिम मतपरिणाम अझै पूर्ण रुपमा घोषणा नभएका कारण पदाधिकारी निर्वाचनको कार्यतालिका धकेलिएको छ ।

प्रवासबाट आएको मतसहित एकमुष्ठ रूपमा अन्तिम नतिजा सार्वजनिक हुनेछ । अहिले चितवनमा प्रतिनिधिहरूले विद्युतीय मतदान मेसिनमा गरेको मत परिणाम मात्र घोषणा गर्ने गरिएको छ ।

- Advertisement -
Ad image

निर्वाचन आयोगका अनुसार प्रवासबाट प्राप्त मतलाई समेटेर अन्तिम मत परिणाम सार्वजनिक गरिने भएकाले केन्द्रीय सदस्यमा निर्वाचित हुने उम्मेदवारहरूको घोषणा तत्कालका लागि रोकिएको हो । केन्द्रीय सदस्यको अन्तिम नतिजा घोषणा नभएसम्म पदाधिकारी चयन प्रक्रिया अगाडि बढाउन नसकिने अवस्था छ ।

समितिले प्रवासी मतको गणना तथा समायोजन प्रक्रिया सम्पन्न भएपछि केन्द्रीय सदस्यहरूको अन्तिम नतिजा सार्वजनिक गरिने र त्यसलगत्तै पदाधिकारी निर्वाचनको संशोधित कार्यतालिका जारी गरिने छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्