काठमाडौँ – बुधबार पनि सेयरबजारमा सुधार देखिएको छ। नेप्से २.६६ अंकले बढेर २७८०.२५ विन्दुमा चढ्दा कारोबार रकम पनि ५ अर्ब ७३ करोड नाघेको हो।
मंगलबार कुल ५ अर्ब २६ करोडको कारोबार भएको थियो। यस दिन १४८ वटा सेयरको मूल्य बढ्दा ११७ वटाको घटेको र ६ वटाको स्थिर छ।
बुधबारको कारोबारमा कालिञ्चोक हाइड्रोपावर १४.९९ प्रतिशत र एसबीएल डिबेन्चर १४.९३ प्रतिशतले बढे पनि बाँकी सेयरहरु ८.७३ प्रतिशतसम्म बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
आज ५.१८ प्रतिशतसम्म मात्र अधिकतम गिरावट देखिएको छ। कारोबारमा भने आँखु खोला जलविद्युत् कम्पनीको ४४ करोड कारोबार हुँदा नेपाल पुनर्बीमा कम्पनी २१ करोड, रिडी पावर २० करोडको किनबेच भएको छ।
बुधबार वाणिज्य बैंक, फाइनान्स, जलविद्युत्, लगानी, अन्य र व्यापार सूचक घटे पनि बाँकी समूह बढेका छन्।


प्रतिक्रिया दिनुहोस्