म्यानचेस्टर सिटी प्रिमियर लिगमा शिर्ष स्थानमा फर्कियो, हालान्ड बने नायक

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० बैशाख २०८३, बिहीबार
1 Min Read
Aa
Manchester City's Norwegian striker #09 Erling Haaland applauds the fans following the English Premier League football match between Burnley and Manchester City at Turf Moor in Burnley, north-west England on April 22, 2026. (Photo by Paul ELLIS / AFP via Getty Images) / RESTRICTED TO EDITORIAL USE. No use with unauthorized audio, video, data, fixture lists, club/league logos or 'live' services. Online in-match use limited to 120 images. An additional 40 images may be used in extra time. No video emulation.

काठमाडौँ – म्यानचेस्टर सिटी इङलिश प्रिमियर लिगको शिर्ष स्थानमा उक्लिएको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले बर्नलीलाई १-० गोल अन्तरले पराजित गर्दै सिटी शिर्ष स्थानमा उक्लिएको हो ।

सिटीको जितमा खेलको पाँचौं मिनेटमा इर्लिंग हालाण्डले गरेको गोलनै खेलको निर्णायक गोल बनेको थियो ।

- Advertisement -
Ad image

यो जितपछि म्यानचेस्टर सिटीको ३३ खेलमा ७० अंक भएको छ र समान ७० अंक रहेको आर्सनलसँग बढी गोल गरेका कारण शिर्ष स्थानमा उक्लिएको छ ।

त्यस्तै बर्नलीको भने यो हारपछि रेलिगेसनमा पर्ने निश्चित भएको छ । बर्नलीको ३४ खेलमा २० अंक रहेको छ र १९औं स्थानमा रहेको छ । यस सिजनमा बर्नलीसँगै वोल्भ रेलिगेसनमा पर्ने निश्चित भएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्