मन्त्रिपरिषद् बैठकको निर्णय: धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि तीन सदस्यीय सिफारिस समिति गठन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ बैशाख २०८३, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले बोर्डको अध्यक्ष नियुक्ति गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले सञ्चारकर्मीलाई जानकारी दिए ।

- Advertisement -
Ad image

समितिमा अर्थ मन्त्रालयका सचिव डा धनश्याम उपाध्याय र भुवनकुमार दाहाल सदस्य रहेका छन् ।

मन्त्रिपरिषद्को बैठकले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्ष पदमा डिल्लीराज आचार्य तथ सदस्यमा नवराज सिम्खडा र रोशनबहादुर शाक्यलाई नियुक्ति गर्ने निर्णय गरेको सञ्चारमन्त्री डा तिमिल्सिनाले बताए ।

बैठकले नेपाल विशेष सेवा ऐन, २०४२ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेस गर्न स्वीकृति दिएको छ ।

त्यस्तै, प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय पनि बैठकले गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेस गर्न स्वीकृति दिएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्