रास्वपा बारा ४ का उपसभापति पण्डित सहित श्याम बाबु पाण्डेय राष्ट्रिय एकता दलमा प्रवेश

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ माघ २०८२, आईतवार
1 Min Read
Aa

काठमाडौं – आसन्न प्रतिनिधि सभा निर्वाचनमा बहुमत सहित सरकारको नेतृत्व गर्ने दाबी गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बारा क्षेत्र नम्बर ४ का उपसभापति दिपक पण्डित तथा रास्वपा नेता श्याम बाबु पाण्डेय रास्वपा परित्याग गरि राष्ट्रिय एकता दलमा प्रवेश गरेका छन् ।

शनिबार एक कार्यक्रमका बिच राष्ट्रिय एकता दलका केन्द्रिय अध्यक्ष एवं बारा ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विनय यादवले नेताद्व्यलाई औपचारिक रूपमै पार्टी प्रवेश गराएका हुन् । पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नवप्रवेशी नेताहरूले देशमा सुदृढ राष्ट्रिय एकता र हिन्दु राष्ट्र स्थापनाको लक्ष्यका साथ राष्ट्रिय एकता दल रोजेको उल्लेख गरे ।

- Advertisement -
Ad imageAd image

आगामी दिनमा पार्टीको संगठन विस्तार र जनताको हितका लागि सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्दा राष्ट्रिय एकता दलका नेताहरूले दिपक पण्डित र श्याम बाबु पाण्डेयको प्रवेशले बारा क्षेत्र नम्बर ४ मा पार्टी थप सशक्त बन्ने विश्वास गर्दै यसले संगठनलाई नयाँ उर्जा मिल्ने विश्वास व्यक्त गरेका छन् ।

पार्टी प्रवेश कार्यक्रममा राष्ट्रिय एकता दलका स्थानीय नेता, कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्