बारा–४ बाट विनय यादव उम्मेदवार बन्ने घोषणासहित राष्ट्रिय एकता दलको क्षेत्रीय सम्मेलन सम्पन्न

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ माघ २०८२, शनिबार
3 Min Read
Aa

काठमाडौं – हिन्दू राष्ट्रको पुनःस्थापना, राष्ट्रिय स्वाभिमान र सुदृढ राष्ट्रिय एकताको मूल एजेन्डासहित राष्ट्रिय एकता दल बारा–४ को क्षेत्रीय सम्मेलन भव्य रूपमा सम्पन्न भएको छ। सम्मेलन दलका बारा जिल्ला अध्यक्ष अकलेश कुशवाहाको अध्यक्षतामा सम्पन्न भएको हो।

सम्मेलनका प्रमुख अतिथि तथा बारा–४ बाट प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार राष्ट्रिय एकता दलका केन्द्रीय अध्यक्ष विनय यादवले देश आज निर्णायक मोडमा पुगेको बताउँदै हिन्दू राष्ट्रको एजेन्डा केवल धार्मिक नभई राष्ट्रिय अस्तित्वसँग जोडिएको विषय भएको स्पष्ट पारे। बारा–४ लाई राष्ट्रवादी राजनीतिको केन्द्र बनाउने प्रतिबद्धता व्यक्त गर्दै जनताको विश्वास नै आफ्नो मुख्य शक्ति भएको उनको भनाई छ।

- Advertisement -
Ad imageAd image

कार्यक्रममा केन्द्रीय सदस्य एवं दलित विभाग प्रमुख जितेन्द्र दासले विनय यादवलाई संघर्षशील, सिद्धान्तनिष्ठ र सबै वर्ग–समुदायलाई समेट्न सक्ने नेता भएको उल्लेख गर्दै बारा–४ बाट उनको उम्मेदवारीले दलित, उत्पीडित र उपेक्षित समुदायलाई नयाँ आशा दिएको भन्दै
प्रदेश सचिव दिलीप गुप्ताले बारा–४ बाट केन्द्रीय अध्यक्ष स्वयं उम्मेदवार बन्नु ऐतिहासिक निर्णय भएको बताउँदै यसले राष्ट्रिय एकता दलको राजनीतिक गम्भीरता र क्षेत्रप्रति प्रतिबद्धता प्रस्ट भएको धारणा राखे।

राष्ट्रिय समता पार्टीका महासचिव डा. अभिषेक तिवारीले विनय यादवको उम्मेदवारीलाई राष्ट्रवादी र वैचारिक राजनीतिका लागि सकारात्मक संकेत भन्दै हिन्दू राष्ट्र र राष्ट्रिय एकताको सवालमा उनीसँग सहकार्य गर्दै अगाडि बढ्न तयार रहेको मन्तव्य व्यक्त गरे।

त्यसैगरी हिन्दू परिषदका बिकी श्रॉफ, बाबा मदन मोहन दास, बजरंगी बाबा र महन्त शिवनाथ दासले बारा–४ बाट विनय यादव उम्मेदवार बन्नु केवल एक व्यक्ति चयन नभई हिन्दू सभ्यता र राष्ट्रिय अस्मिताको प्रतिनिधित्व भएको भन्दै पूर्ण समर्थन जनाएका थिए।

हिन्दू अभियन्ता ब्रिज किशोर ठाकुरले विनय यादवजस्ता स्पष्ट विचार र साहसिक नेतृत्व भएको व्यक्तित्व संसद्मा पुग्न आवश्यक रहेकोमा जोड दिए । नेपाल पत्रकार महासंघका अनिल गौरवले विनय यादवको उम्मेदवारीले राष्ट्रिय बहसलाई नयाँ दिशा दिने विश्वास व्यक्त गरे।

हिन्दू स्वयंसेवक संघका ओमबाबु यादव, दलका अवधेश मण्डल, संदीप राजभर,रंजन सिंह, बिकाऊ भंडारी थारू,लगायत वक्ताहरूले बारा–४ मा विनय यादवप्रति जनसमर्थन तीव्र रूपमा बढ्दै गएको र उनको उम्मेदवारीलाई ऐतिहासिक विजयमा परिणत गर्ने प्रतिबद्धता व्यक्त गरे।
सम्मेलनले आगामी प्रतिनिधिसभा निर्वाचनमा बारा–४ बाट केन्द्रीय अध्यक्ष विनय यादवलाई उम्मेदवार बनाउने औपचारिक समर्थन प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ।

कार्यक्रमको सञ्चालन दलका जिल्ला सदस्य सत्येन्द्र साहले गरेका थिए। सम्मेलनमा हजारौँको संख्यामा क्षेत्रका जनताको उत्साहजनक सहभागिता रहेको थियो, जसले बारा–४ मा राष्ट्रिय एकता दलको संगठनात्मक शक्ति र जनआधार मजबुत हुँदै गएको संकेत गरेको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्