आज मिति वि. सं. २०८२ पुष ०४ गते शुक्रबार ई. सं. २०२५ डिसेम्बर १९ नेपाल सम्बत ११४६ थिंलागा आमै, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, हेमन्त ऋतु, पुष कृष्ण औंसी, चन्द्रमा वृश्चिक राशिमा, ज्येष्ठा नक्षत्र, शूल योग, चतुष्पद करण । आज बिहान ६ बजेर ४९ मिनेटमा नेपालमा झुल्किएको घाम साँझ ५ बजेर १३ मिनेटमा अस्ताउनेछ ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): मित्रजनको सहयोगले रोकिएको काम बन्ने समय भएपनि आजको दिन परिवारभित्रै असन्तुष्टि र विवादको अवस्था निम्तिन सक्छ । पतिपत्नीबीच सल्लाह नमिल्ने देखिन्छ । लेनदेनको समस्याले सताउने र ब्यापारमा पनि घाटा ब्यहोर्नुपर्ने योग छ, होसियारी अपनाइ ब्यवहार गर्नुहोला । अनावश्यक रुपमा कसैसँग विवाद र झैझगडा हुनसक्छ, बोली र व्यवहारमा अत्यन्त सजग रहनु उचित हुनेछ । यात्रामा पनि विशेष सावधानी अपनाउनु हितकर होला ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): आजको दिन कामको सन्दर्भमा रमाइला व्यक्तित्वहरूसँग मित्रता बढ्ने देखिन्छ । मित्रहरूले प्रशंसा गर्नेछन् भने मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि होला । नसोचेको सम्मान मिल्ने समय छ । कला क्षेत्रमा रुचि बढ्नुका साथै पढाइलेखाइमा सुधार आउने योग छ । कुरा काट्नेहरु प्रशंसक बन्नाले साहस बढ्नेछ । बन्नेछ । समग्रमा अनुकूलता वृद्धि भएको अनुभूति होला ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): बोझिला कामबाट मूक्ति र नियमित कार्यबाट पनि फुर्सद मिलेको अनुभूति हुने दिन छ । हितैषी मित्र एवम् आफन्तजनसँगको भेटले मन प्रसन्न रहला । अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । राम्रै आर्थिक उपार्जनको अवसर मिल्ने देखिन्छ । लामो समयदेखि रोकिएका कामहरू बन्न थाल्नेछन् । कतै आकस्मिक निम्तोमा सहभागी हुने सम्भावना पनि छ । परिवारिक सुख बढ्नाले मन उत्साहित रहला । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): व्यापार-व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदाको समय छ । रुचिका विषयमा लगानी बढाउन सकिएला । व्यवसायमा थप लगानी गर्दै हुनुहुन्छ भने ढुक्कले अघि बढ्न सकिनेछ । आयआर्जनको स्रोत फेला पर्नुका साथै वैदेशिक तथा ब्यापारिक कामकाजमा विशेष फाइदा होला । प्रेमसम्बन्ध र दाम्पत्यसुखको योग छ । स्वास्थ्य सबल रहनेछ । साथीसंगीको सहयोग प्राप्त हुनेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आजको दिन केही चुनौतीयुक्त रहला । आर्थिक समस्याले पनि सताउन सक्छ । लेनदेनमा विवाद बढ्ने तथा घरायसी समस्या पनि आउनसक्ने योग छ । स्वास्थ्यगत समस्याले सताउन सक्छ । चोटपटकको भय समेत रहेकोले विशेष सावधानी अपनाउनु हितकर हुनेछ । शत्रुपक्षबाट हानी हुन सक्छ, ध्यान दिनुहोला । कतिपय प्रतिकुलताका बाबजुद मनोरञ्जनात्मक क्रियाकलापमा सहभागितको अवसर जुर्ने देखिन्छ । रसरागको भाव जागृत हुनेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): भविष्यका लागि विशेष काममा जग बसाउने समय छ । विभिन्न अवसरले पछ्याउनेछन् । परिवारजनसँग आत्मीयता बढ्नेछ । विपरीतलिंगीबाट विशेष साथ-सहयोग मिल्ने देखिन्छ । प्रेम प्रस्तावको पनि सम्भावना छ । वित्तादि लाभको योग छ । शैक्षिक प्रगतिका लागि अनुकूल समय आएकोले पठनपाठनमा ध्यान दिनु उत्तम हुनेछ । मित्रजनको सहयोग रहनाले जस्तोसुकै समस्याको समाधान मिल्ला ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): अरुको विश्वास सजिलै जित्न सकिने समय छ । व्यापार-व्यवसायबाट राम्रै आम्दानी हुनसक्छ । घुमघाम, भेटघाट र मनोरञ्जनमा दिन बित्नेछ । मिष्ठान्न भोजन प्राप्तिको योेग छ । आजको दिन नसोचेको काम बन्ने देखिन्छ । यशवर्चश्व बढ्नेछ । साहसिक काममा आकर्षण बढ्ला ।
वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आजको दिन फुर्सदिलो अनुभूति होला । मनमा रहेको कुनैपनि डरत्रासको भाव हटेर नियमित कार्यमा उत्साह बढ्नेछ । टाढाको यात्रा गर्ने अवसर आउला । प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । यात्रागत कार्यमा विशेष लाभ होला । आय वृद्धिको योग छ । आरोग्यबल बढ्नेछ । शत्रुपक्ष परास्त हुनेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): मिश्रित फलदायी समय छ । श्रम धेरै गरे पनि उचित मूल्याकङ्क नहुन सक्छ । मुस्किलले गरेको आम्दानी फजुलमा खर्च हुने योग छ, आर्थिक कारोबारमा विशेष सजग रहनुहोला । हतारको निर्णयले काम बिग्रन सक्छ, ध्यान राख्नुहोला । मान्यजनको उचित सुझाव पनि अप्रिय लाग्न सक्छ । यसका बाबजुद कर्मबल बढ्नेछ । रसरागात्मक क्रियाकलापमा मन जानेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): आजको दिन मिहेनत बढी तर उपलब्धि कम हुने सम्भावना छ । स्वास्थ्य कमजोर रहनुका साथै खर्च बढ्ने योग छ । नयाँ तथा दीर्घकालीन योजना बनाउन पनि अनुकूल नहुन सक्छ । कुरा काट्नेहरू सल्बलाउनेछन् । गलत विचारहरुले काममा बाधा सिर्जना गर्ने सम्भावना छ । अरुको काममा ज्यादा समय खर्चनुपर्ने देखिन्छ । खेलकूद, भ्रमण जस्ता कार्यमा आकर्षण बढ्नेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्ने समय छ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिएला । सामर्थ्य वृद्धिका साथै नियमित कार्यमा मन जानेछ । आलोचकहरू प्रशंसा गर्न थाल्नेछन् । प्रेम सम्बन्धमा सुधार आउनुका साथै दाम्पत्य सम्बन्ध सुखद रहनेछ । मित्रहरूको साथ मिठो भोजन प्राप्त हुनेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): भाग्य पनि बलियो छ । आजको दिन नयाँ ठाउँमा लगानीको वातावरण बनी मन हर्षित होला । परिश्रमले धेरै काम बन्नेछन् भने आर्थिक लगानी बढाउन अनुकूल समय छ । परोपकारी कर्ममा मन जानेछ भने मनोरञ्जनमा भुलिने योग पनि छ । दाम्पत्यसुख वृद्धि होला र आरोग्यता रहनेछ । साझेदारीको काममा विशेष लाभ होला ।
राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्


प्रतिक्रिया दिनुहोस्