एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै: पहिलो जितको खोजीमा रहेको पोखरा विरुद्व कस्तो रहला सुदूरपश्चिमको लय ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ मंसिर २०८२, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज एक खेल हुदैछ । आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीच खेल हुदैछ । यो खेल टियु क्रिकेट मैदानमा दिउसो ४ बजेदेखि शुरु हुदैछ ।

जारी एनपीएलमा आफ्नो पहिलो खेलमा पोखरा एभेन्जर्स आफ्नो पहिलो खेलमा विराटनगर किंग्ससँग पराजित भएको थियो भने सुदूरपश्चिम रोयल्सले काठमाडौँ गोर्खाजलाई पराजित गरेको थियो ।

- Advertisement -
Ad image

कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा अभेन्जर्समा सागर ढकाल, आकाश चन्द जस्ता राष्ट्रिय टिमका खेलाडी रहेका छन् भने डान डाउथवेट, जिम्मी निशाम, रेमन राइफर, एडम रोसिङ्टन र जेसन रोय जस्ता विदेशी खेलाडी रहेका छन् ।

त्यसैगरी दिपेन्द्रसिंह ऐरी कप्तान रहेको सुदूरपश्चिम अभिनाश बोहरा, आरिफ शेख, विनोद भण्डारी सहितका राष्ट्रिय खेलाडी र जोश ब्राउन, स्कट कुगेइलिन, क्रिस लिन र हर्मीत सिंह जस्ता विदेशी खेलाडीसहित यस सिजनको एनपीएल खेलिरहेको छ ।

यसअघि एनपीएलको पहिलो संस्करणमा यी दुई टिम एकपटक आमनेसामने भएका थिए । उक्त खेलमा चितवनले सुदूरपश्चिविरुद्ध ३३ रनको जित निकालेको थियो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्