एनपीएलमा सुदूरपश्चिमको विजयी शुरुवात काठमाडौँ २९ रनले पराजित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ मंसिर २०८२, बुधबार
1 Min Read
Aa

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आजको खेलमा सुदूरपश्चिम रोयल्सले काठमाडौं गुर्खाजलाई २९ रनले पराजित गरेको छ। कीर्तिपुर मैदानमा टस जितेर १४८ रनको लक्ष्यसहित ब्याटिङमा उत्रिएको काठमाडौंले १६ ओभर ५ बलमा सबै विकेट गुमाउँदै ११८ रन मात्र बनाउन सक्यो।

काठमाडौंलाई रोक्न सुदूरपश्चिमका हेमन्त धामीले महत्त्वपूर्ण दुई विकेट लिए । उनले ओपनर बेन चार्ल्सवर्थ र भीम सार्कीको विकेट लिए। हर्मित सिंहले जोश ब्राउनमार्फत् काठमाडौंका सबैभन्दा बढी रन बनाउने ब्याटर ओपनर आकाश त्रिपाठीलाई क्याच आउट गराए।

- Advertisement -
Ad image

यो सुदूरपश्चिमको यस सिजनको पहिलो खेल हो भने पहिलो खेलमा जित हासिल गरेको काठमाडौँ गोर्खाजले दोस्रो खेलमा भने हार बेहोरेको छ। एनपीएल अन्तर्गत बिहीबार चितवन राइनोज र लुम्बिनी लायन्सबीच खेल हुदैछ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्