दोस्रो संस्करणको एनपीएल सोमबारदेखि, सम्पूर्ण तयारी पूरा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० कार्तिक २०८२, शनिबार
1 Min Read
Aa

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) ले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि सबै तयारी पूरा भएको घोषणा गरेको छ । प्रतियोगिता पर्सि सोमबारदेखि मंसिर २७ गतेसम्म सञ्चालन हुनेछ ।

क्यानका महासचिव पारस खड्काले शनिबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका सबै आवश्यक तयारी सकिएको जानकारी दिए ।

- Advertisement -
Ad image

यस वर्षको एनपीएलमा ८ फ्रेन्चाइज टोली प्रतिस्पर्धा गर्नेछन् । उद्घाटन खेल जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच हुनेछ । यसअघि पहिलो संस्करणमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै उपाधि जितेको थियो ।

प्रतियोगिताका विजेताले १ करोड १० लाख रुपैयाँ पाउनेछन् । उपविजेताले ५१ लाख रुपैयाँ, तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ र चौथो स्थान हासिल गर्नेले १५ लाख रुपैयाँ प्राप्त गर्ने क्यानले जनाएको छ ।

एनपीएललाई नियमित रूपमा व्यावसायिक लीगका रूपमा अघि बढाउने लक्ष्यसहित क्यानले यसपटक प्रतियोगिता आयोजना गरेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्