हमासले पुष्टि गर्‍यो विपिन जोशीको मृत्यु: शव आजै इजरायललाई बुझाउने !

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ आश्विन २०८२, सोमबार
1 Min Read
Aa

काठमाडौं – विगत दुई वर्षदेखि हमास समूहको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको शव फेला परेको छ। द जेरूसेलम पाेष्टका अनुसार उनको शवको समेत पहिचान भइसकेको छ।

इजरायल र हमासबीच ७ अक्टोबर २०२३ देखि सुरु भएको द्वन्द्व अन्त्यका लागि प्रस्तावित ‘मध्यपूर्व शान्ति योजना’ को प्रथम चरणअन्तर्गत आज बन्दी आदान-प्रदान गरिएको थियो।

- Advertisement -
Ad imageAd image

उल्लिखित मितिदेखि नै हमासको कब्जामा रहेका इजरायलको ‘सिक्दै र कमाउँदै’ कार्यक्रममा सहभागी नेपाली विद्यार्थी जोशी पनि हमासले रिहा गर्ने बन्दीहरूको सूचीमा रहने अपेक्षा गरिएको थियो। तर बन्दीहरुको सूचीमा विपिनको नाम समावेश नभएपछि विपिनको शव खोजी सुरु गरिएको थियो। सो क्रममा विपिनको शव फेला परेको हो।

हमासले पनि एक विज्ञप्ति जारी गर्दै हमासको सशस्त्र शाख कसम ब्रिगेड्सले मृतक बन्दीहरू गाय इलुज, योसी शाराबी, बिपिन जोशी र ड्यानियल पेरेजको रूपमा पहिचान गरेको हो छ। अल-कसम ब्रिगेड्सले सोमबार चार इजरायली बन्दीका शव हस्तान्तरण गर्ने घोषणा गरेको छ।

विज्ञप्तिमा उनीहरूको शव आजै हस्तान्तरण गरिने उल्लेख छ। यो घटना इजरायल र हमासबिचको सम्झौताको एक भागको रूपमा भएको भनिएको छ । जसअनुसार इजरायलले प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्नेछ।


गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्