काठमाडौँ – धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार झिनो अंकले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार उतारचढावका बीच नेप्से परिसूचक ०.९४ अंकले बढेर २ हजार ६३० दशमलव ७६ को बिन्दुमा पुगेको छ।
समग्र बजार सूचक सकारात्मक देखिए पनि ठूला र बलिया कम्पनीहरूको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकमा भने गिरावट आएको छ। मंगलबार सेन्सेटिभ परिसूचक ० दशमलव ३० अंकले घटेर ४७५ दशमलव ४७ को बिन्दुमा ओर्लिएको छ।
बजारमा झिनो सुधार देखिए पनि ठूला कम्पनीहरूको सूचक घट्नुले लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा रहेको संकेत गर्दछ।


प्रतिक्रिया दिनुहोस्