‘अहिले नक्कली भगवान् जन्मिएर हैरान छ’: ओली

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ कार्तिक २०८३, मंगलवार
1 Min Read
Aa

काठमाडौं – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले समाजमा नक्कली भगवान् जन्मिने प्रवृत्ति बढेको टिप्पणी गरेका छन्।

मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण कार्यक्रममा बोल्दै ओलीले पार्वतीको श्रापपछि देवता जन्मिन छाडेको प्रसंग उल्लेख गर्दै अहिले नक्कली भगवान् जन्मिएर हैरान भएको बताएका हुन्।

- Advertisement -
Ad image

उनले भने, ‘यो २२–२३ सय वर्ष अगाडि मात्रै आइपुग्दा भगवान्हरू छ्यासछ्यास्ती जन्मिँदा जन्मिँदा ३३ कोटि जन्मिए। धन्न पार्वतीले सराप दिइछन् र त्यसपछि देवता जन्मन पाएनन्। तर अहिले नक्कली भगवान् जन्मिएर हैरान छ।’

ओलीले विदेशी जोगीहरूलाई बढी सम्मान गर्ने तर आफ्नै देशका विद्वान्लाई पर्याप्त महत्त्व नदिने प्रवृत्तिप्रति पनि टिप्पणी गरे।

‘आफ्ना कहाँका विद्वान् चाहिँ हामी त्यति चिन्दैनौँ। सम्भवतः तपाईँहरूले आफ्ना ग्रन्थहरूमा नेपालीले लेखेका कुराहरूको उद्धरण कमै गर्नुभएको होला, विदेशीकै उद्धरण गर्नुभएको होला,’ उनले भने।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्