असोज ०९ गते बिहीबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ आश्विन २०८२, बिहीबार
6 Min Read
Aa

आज मिति वि.सं. २०८२ असोज ०९ गते बिहीबार ई.सं. २०२५ सेप्टेम्बर २५ नेपाल सम्बत ११४५ गुंलागा आमै, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, असोज शुक्ल चतुर्थी, चन्द्रमा तुला राशिमा, स्वाति नक्षत्र, वैधृति योग, गर करण । आज बिहान ५ बजेर ५४ मिनेटमा नेपालमा झुल्किएको घाम साँझ ५ बजेर ५९ मिनेटमा अस्ताउनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): कामहरू सजिलै बन्ने र कार्यबोझ पनि कम रहने खालको समय छ । मनोरञ्जनपूर्ण इाणहरूका कारण मन प्रशन्न रहला । व्यापार र रोजगारीका क्षेत्र शुभदायी छ । प्रेमभाव बढ्नेछ । यात्रा गर्दै हुनुहुन्छ भने सुखद र फलदायी रहनेछ । विपरीतलिंगीको साथ-सहयोगले महत्वपूर्ण काम बन्ने योग छ ।

- Advertisement -
Ad image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): नियमित कार्यमा प्रशस्त मन जाने तथा जाँगर बढ्ने समय छ । व्यवसायमा थप लगानी बढाउन सकिएला । अप्रत्याशित लाभ हुने योग छ । पराक्रम वृद्धि हुनुका साथै कामका नयाँ स्रोत फेला पर्लान् । आरोग्यबल वृद्धिका लागि केही सजगता अपनाउनुपर्ने देखिन्छ । बौद्धिक कार्यमा विशेष सफलता मिल्ने देखिन्छ । यात्रापरक काम बन्नेछ । पारिवारिक समस्याको समाधान पनि मिल्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): आजको दिन विपक्षी या प्रतिष्पर्धीहरू सक्रिय रही पीडा दिनसक्छन्, सावधानीपूर्वक नियमित कार्यमा जुट्नुहोला । स्वास्थ्य पनि केही कमजोर रहन सक्छ, मौसमी प्रभावको शिकार बन्नबाट जोगिन विशेष सावधानी अपनाउनु हितकर होला । अनावश्यक रूपले धननाश हुने योग छ, सचेत रही आर्थिक क्रियाकलाप गर्नु उचित हुनेछ । बौद्धिकता एवम् रचनात्मकता बढ्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): समय उत्साहवर्द्धक नै छ । रमाइलो तरिकाले कामहरु गर्न पाइएला । पशुधन र जमिनबाट विशेष लाभ प्राप्त हुन सक्छ । आरोग्यबल बढ्नेछ । कर्मबल वृद्धिले उन्नतितर्फ अग्रसर तुल्याउला । मिठो भोजन प्राप्त हुनेछ । मित्रजनको साथ–सहयोग प्राप्त हुनेछ । रोकिएको काम बन्नेछ भने विरोधजन परास्त होलान् । रसराग एवम् खेलकुदका क्रियाकलापमा आकर्षण बढ्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आर्थिक क्षेत्रमा विशेष उन्नति हुनुका साथै नसोचेको ठाउँबाट धनलाभ भइ मन हर्षित रहने दिन छ । व्यवसायबाट सोचेभन्दा बढी नै लाभ हुने देखिन्छ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ । लगानी वृद्धि होला । आरोग्यबल बढ्नेछ । रसरागको कार्यक्रममा आकर्षण रहला । यात्रागत कार्य सार्थक रहनेछ । पारिवारिक सुख शांति बढ्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): पराक्रम वृद्धि र आयबल बढ्ने साय छ । व्यवसायिक कार्यका लागि यात्रा गर्दै हुनुहुन्छ भने यात्रा सार्थक तथा फलदायी रहनेछ । मित्रजन एवम् परिवारजनबाट पनि सुखशान्ति मिल्नेछ । धनलाभको योग छ । नियमित कार्यमा जाँगर चल्नेछ । सन्तान पक्षबाट सुख मिल्ने देखिन्छ । नियमकानूनले साथ दिनाले दायित्व निर्वाहमा सफलता मिल्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): आजको दिन केही चुनौती बढ्न सक्छ । दैनन्दिन कार्यमा ब्यवधान आइपर्न सक्छ । सोच्दै नसोचेको ठाउँमा पैसा खर्च हुने देखिन्छ । व्यर्थको खर्चले मन पिरोल्ला । पारिवारिक समस्याले मनमा चिन्ता बढाउन सक्छ । धनमाल हराउने योग छ, सावधान रहनुहोला । प्रतिकुलताका बाबजुद साहसी कर्ममा आकर्षण रहनेछ । बोली र व्यक्तित्वको प्रभाव रहनेछ ।

वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): सामर्थ्य वृद्धि हुनेछ भने नियमित कार्यमा जाँगर बढ्ने देखिन्छ । प्रियजनसँगको भेटले मन प्रफुल्ल रहला । लेनदेनमा विवाद बढ्ने योग रहेकोले आजको दिन आर्थिक क्रियाकलाप सकभर नगर्नु उचित हुनेछ । साथीभाइसँगको व्यवहारमा संयमता अपनाउनुहोला । आरोग्यबल बढ्नेछ । मिठो भोजन प्राप्त होला । बौद्धिक तथा रचनात्मक कार्यमा सफलता मिल्नेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): नयाँ कामका योजनाहरु बन्ने र नियमित कार्यमा पनि जाँगर बढ्ने दिन छ । व्यापार–व्यवसायमा विशेष सफलता मिल्ने योग छ । सुखद यात्राको अवसर जुर्न सक्छ । परिवारिक सुख वृद्धिले उत्साह जगाउला । आफन्तजनको साथले महत्वपूर्ण काम बन्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): कामका नयाँ योजनाहरु बन्नुका साथै रोकिएका काम पनि अघि बढ्ने समय छ । नियमित कार्य पनि रमाइलो तरिकाले गर्न पाइएला । पशुधन र जमिनबाट विशेष लाभ मिल्ने योग छ । नोकरी एवम् राजनीतिक क्षेत्रमा सफलता मिल्ने देखिन्छ । सबल स्वास्थ्यका लागि खानपानमा विशेष सावधानी अपनाउनुपर्नेछ । शत्रुमाथि विजय प्राप्त होला । रसरागमा आकर्षण रहनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): नियमित कार्यमा रुचि बढ्ने र आर्थिक क्षेत्रमा राम्रै प्रगति हुने समय छ । तथापि, आजका योजनाहरू पूर्णरूपले कार्यान्वयन नहुन सक्छन् । आगो, पानी र मेसिनरी सामग्रीबाट जोगिनुपर्ने देखिन्छ । कसैसँग वादविवादको सम्भावना रहेकोले संयमता अपनाउनु हितकर होला । आरोग्यबल बढ्नेछ । प्रेमभाव बढ्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): मिश्रित फलदायी दिन छ । सामाजिक मान–सम्मान मिले पनि मनमा डरको भाव रहनेछ । स्वास्थ्यका दृष्टिकोणले राम्रो समय छ । आर्थिक लाभ हुनेछ भने व्यापारमा सफलता पाउने, यात्रामा रमाउने र भेटघाटमा सहयोग पाउने योग छ । प्रेमभाव वृद्धि होला । आफन्तको साथ मिल्नेछ । साझेदारीको काम बन्नेछ । समस्याको समाधान मिल्नेछ ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्