असोज ०७ गते मंगलबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ आश्विन २०८२, मंगलवार
6 Min Read
Aa

आज मिति वि.सं. २०८२ असोज ०७ गते मंगलबार ई.सं. २०२५ सेप्टेम्बर २३ नेपाल सम्बत ११४५ गुंलागा आमै, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, असोज शुक्ल द्धितीया, चन्द्रमा कन्या राशिमा, हस्ता नक्षत्र, ब्रहा योग, बालव करण । आज बिहान ०५ बजेर ५३ मिनेटमा झुल्किएको घाम साँझ ६ बजेर ०१ मिनेटमा अस्ताउनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आजको दिन सामाजिक क्रियाकलाप एवम् परोपकारका क्षेत्रमा मन आकर्षित हुनेछ । मित्रजनसँग भेटघाट र मिष्ठान्न भोजनको अवसर आउनेछ । व्यापार–व्यवसायबाट राम्रै आम्दानी हुने योग छ । कठिन ठानिएको काम पनि सहजै बन्ने देखिन्छ । रसरागको भाव जागृत होला । समग्रमा दिन मनोरञ्जनात्मक रहनेछ ।

- Advertisement -
Ad image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): दिन केही चुनौतीयुक्त रहला । भौतिक साधनको क्षतिले अनावश्यक धननाशको सम्भावना छ । हातहतियार एवम् सवारीसाधनको प्रयोगमा विशेष सजगता अपनाउनुपर्नेछ । सबल स्वास्थ्यका लागि खानपानमा सचेत रहनुहोला । अनावश्यक झमेलामा पर्ने योग रहेकोले नियमित कार्य अत्यन्त सजगताका साथ गर्नु हितकर हुनेछ । यात्राको क्रममा पनि सावधानी अपनाउनुहोला ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): आँट/पराक्रम वृद्धिका साथै बौद्धिकता एवम् रचनात्मकता बढ्ने समय छ । धनजनमा वृद्धिका साथै समस्यामा मित्रजनबाट साथ-समर्थन पाइएला । ठुला ब्यक्तिसँग फलदायी भेटघाट हुनसक्छ । विशेष काम तत्काल अघि नबढेपनि अप्ठ्यारोमा साथ दिनेहरू भेटिनेछन् । खुशीको खबर सुन्न पाइने योग छ । शत्रुमाथि विजय प्राप्त होला । यात्रागत कार्यमा सफलता मिल्नेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): रोकिएका कार्ययोजना अघिबढ्नाले थप काम गर्ने हौसला मिल्ने समय छ । आरोग्यबल बढ्नुका साथै आयआर्जनको दृष्टिले उत्तम दिन छ । सुखद यात्राको सम्भावना छ । प्रयत्न गर्दा फसेको रकम उठ्नसक्ने योग छ । मनमा कता–कता हर्ष छाउला । आरोग्यबल बढ्नेछ । मिठो भोजन प्राप्त होला । साथीभाइको सहयोगले सुख बढ्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): नियमित कार्यमा जाँगर बढ्ने समय छ, तथापि आज कुनै पनि नयाँ कामचाहिँ शुरु नगर्नु उचित हुनेछ । लेनदेको काम पनि नगरेकै बेश होला । रमाइलो यात्राको सम्भावना छ । यात्रा फलदायी नै रहला । घरमा पाहुनाको आगमनले खुशी प्रदान गर्ला । धनलाभको योग छ । आरोग्यबल बढ्नेछ । परिवारिक सुख वृद्धिले उत्साह बढाउनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): दिन केही चुनौतीयुक्त रहला । चिताएको काम शुरु गर्दानगर्दै स्थगित गर्नुपर्ने अवस्था आउला । स्वास्थ्य केही कमजोर रहन सक्छ । खानपान एवम् दैनन्दिन व्यवहारमा ध्यान राख्नुहोला । प्रेममा धोका र धननासको योग छ । सानातिना काममा महत्वपूर्ण समय बित्ने देखिन्छ । सहयोगीजनले साथ दिए पनि काम अधुरै रहनसक्छ । यात्रागत कार्यमा भने आंशिक सफलता मिल्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): मिश्रित फलदायी समय छ । नियमित कार्यमा जाँगर बढेपनि महत्वपूर्ण योजनामा व्यवधान खडा हुन सक्छ । सबल स्वास्थ्यका लागि आहारविहारमा विशेष सतर्क रहनु हितकर हुनेछ । मित्रहरूसँग मनोरञ्जनात्मक भेछघाट एवम् छलफलले मन हर्षित तुल्याउला । मिठो भोजन प्राप्त हुनेछ । भौतिक बस्तुको क्षति हुने योग रहेकोले विशेष सतर्कताको दरकार छ ।

वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): दौडधुप तथा व्यस्तता बढेपनि आजको दिन महत्वपूर्ण कार्य सम्पन्न हुने देखिन्छ । परिवारजनको इच्छा पूरा गर्न सकिनेछ । पढाइलेखाइमा सफलता मिल्नेछ भने सामाजिक कार्यमा मन जाला । माता पितासँगको भेटघाटले मनमा हर्षउल्लास छाउनेछ । कृषिक्षेत्रमा भने अलिक बढी परिश्रम र लगानी गर्नुपर्ने योग छ । मिठो भोजन प्राप्त हुनेछ । आरोग्यबल बढ्नेछ । रसरागात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ । बौद्धिक र रचनात्मक कार्यमा पनि विशेष सफलता प्राप्त हुने देखिन्छ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): सुखदायी समय छ । पारिवारिक सुख मिल्नुका साथै ब्यापार-व्यवसायमा पनि फाइदा हुने देखिन्छ । विपरितलिङ्गीको साथ-सहयोग प्राप्त भइ मन हर्षित हुने योग छ । नियमित कार्यमा जाँगर बढ्नेछ । धन आर्जनको योग छ । दाम्पत्यसुख बढ्नेछ । साहस वृद्धि होला । सुख सुविधाको वस्तु खरिदमा केही खर्च हुन सक्छ । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): काममा अवरोध सिर्जना गर्नेहरू सक्रिय रहनसक्ने दिन छ, होसियारी अपनाइ काम गर्नुहोला । शारीरिक प्रतिस्पर्धाका कार्यमा विशेष आकर्षण रहेपनि सफलता प्राप्तिमा भने अवरोध पैदा हुने देखिन्छ । ब्यर्थै समयको नाश होला । मनमा त्यसै–त्यसै उदासिनता बढ्ने देखिन्छ । आजको दिन विश्वास गरेका व्यक्तिले पनि धोका दिनसक्ने प्रवल सम्भावना छ, ध्यान राख्नुहोला । परिवारजनबाट भने साथ, समर्थन र सहयोग मिल्नेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): पराक्रम बढ्ने र सामाजिक काममा नाम रहने दिन छ । जागिरको काममा भने विशेष सजगता अपनाउनुपर्नेछ । स्वास्थ्यका दृष्टिकोणले राम्रो समय छ । आर्थिक लाभको योग छ । सामाजिक कार्यबाट मान–सम्मान पाउन सकिन्छ । प्रेमभाव बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्ने देखिन्छ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): आजको दिन उत्साहवर्द्धक रहला । प्रेम र मित्रताको बन्धन कसिनुका साथै साथ–सहयोग र उपहार पाइने देखिन्छ । सुखद यात्राको योग पनि रहेको छ । सोचेको काम बन्नाले मन रमाउला । विशिष्टजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । पराक्रम वृद्धिका साथै शत्रुसित लड्ने सामथ्र्य बढ्नेछ । आफन्तजनको पनि साथ मिल्नेछ ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्