आज मिति वि.सं. २०८२ भदौ ०९ गते सोमबार ई.सं. २०२५ अगस्त २५ नेपाल सम्बत ११४५ ञलाथ्व द्वितीया – २, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, भाद्र शुक्ल पक्ष द्वितीय, चन्द्रमा सिंह राशिमा, उत्तरफल्गुनी नक्षत्र, सिद्ध योग, कोलव करण । आज बिहान ०५ बजेर ३९ मिनेटमा नेपालमा झुल्किएको घाम साँझ ०६ बजेर ३४ मिनेटमा अस्ताउनेछ ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): रमाइलो दिन छ । महत्वपूर्ण काम बन्नाले सुखको अनुभव हुनेछ । धनलाभको योग छ । विशेषगरी पशुधनबाट राम्रै फाइदा हुने देखिन्छ । यात्रागत कार्य सफल रहनेछ । आरोग्यता र अनुकूलता वृद्धि हुनाले रोकिएको काम सुचारु हुने योग छ । इष्टमित्र आफन्तजनको सहयोग प्राप्त हुनेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): शुभ समाचार प्राप्त हुने एवम् शान-समृद्धि बढ्ने समय छ । महत्वपूर्ण काम बन्नाले सुखको अनुभूति होला । नोकरीमा दिन सामान्य रहने छ । अनेक किसिमका फाइदा हुने तथा अप्रत्याशित लाभ हुने योग छ । बौद्धिक र रचनात्मक काममा प्रगति होला । पारिवारिक समस्याको समाधान मिल्नेछ । यात्रापरक काम बन्नेछ । आफन्तजनको साथले उत्साह वृद्धि होला ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): दिन केही चुनौतीयुक्त रहने देखिन्छ । नियमित काममा समस्या देखिने तथा अनेक किसिमका झमेलामा परिने सम्भावना छ । खर्च बढ्ने, साथीभाइको सम्बन्धमा चिसोपन आउने योग रहेकोले सतर्कता अपनाउनु उचित हुनेछ । स्वास्थ्य सबल रहनेछ । बौद्धिक कर्मले सुखद परिणाम दिनेछ । शत्रुपक्ष परास्त हुनेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): व्यवहार र विचारले धेरैलाई आकर्षण गर्ने समय छ । परोपकारका काममा मन जाला । धनआर्जनको दृष्टिले राम्रो दिन छ । आरोग्यबल बढ्नेछ । साथीभाइको सहयोग प्राप्त हुनाले लक्ष्यप्राप्तिमा सहजताको अनुभूति होला । रसराग एवम् मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण रहनेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): पारिवारिक सुखशान्ति बढ्नुको साथै नियमित कार्यमा सफलतमा मिल्ने समय छ । बौद्धिक कार्यमा विशेष काममा सफलता मिल्नेछ । अनौठो तरिकाले कमाइ भइ मन खुशी रहने देखिन्छ । रमाइलो यात्राको योग रहेको छ । यात्रागत कार्यबाट राम्रै परिणाम प्राप्त होला । रसरागमा आकर्षण रहनेछ । विपरीतलिंगीको साथ मिल्ला ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): मिश्रित फलदायी समय छ । अचानक कमाइ हुने तथा आयबल बढ्ने देखिन्छ । टाढाको यात्रा गर्ने योजनामा हुनुहुन्छ भने केही दिनका लागि स्थगित गर्नु बेस हुनेछ । शुभता बढ्नाले जस्तोसुकै समस्या पनि समाधान भएर जाला । कार्यगति बढ्नेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ । आफन्तको साथ प्राप्त होला ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): कर्मबल वृद्धि भएपनि आजको दिन नसोचेको ठाउँमा खर्च हुन सक्छ । ब्यर्थको खर्च नियन्त्रणको लागि योजना र बजेट बनाइ कार्य गर्नुहोला । मिठो भोजन प्राप्त हुनेछ । नियमित कार्यमा सफलता नै देखिन्छ । तथापि, गरेका कामबाट ठूलो उपलब्धि लिन सकिंँदैन, समयको ब्यर्थ नाश भएको अनुभूति हुनसक्छ ।
वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): अवसरको खोजीमा केही दौडधूप गर्नुपर्ला, तर सुखको अनुभव हुने देखिन्छ । आफन्तमिलनले सुख दिने समय छ । रोकिएको काम अथक मिहिनेतले बन्नेछ । सामर्थ्य वृद्धि हुनेछ । आरोग्यबल बढ्नेछ भने मिष्ठान्न भोजनको अवसर जुर्ला । सुख–सुविधाको वस्तु खरिदमा खर्च बढ्न सक्छ । शत्रुलाई जित्ने क्षमता वृद्धि हुनेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): स्वास्थ्यमा केही कमजोरी अनुभव भएपनि आजको दिन श्रद्धा र परोपकारमा मन जानेछ । खर्चभन्दा कमाई नै बढी होला । अध्ययन तथा अध्यापन कार्यमा राम्रो प्रगति हुनेछ । दौडधुप केही बढ्न सक्छ, तर धनलाभ हुने देखिन्छ । गीतसंगीत एवम् रसरागात्मक कार्यमा विशेष आकर्षण रहनेछ । बौद्धिक तथा रचनात्मक कार्य बन्नेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): मनोरञ्जनात्मक तरिकाबाट काम बन्ने दिन छ । प्रेमभाव बढ्नेछ भने विपरितलिङ्गीको हौसलाले मन रमाउनेछ । दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । मिठो भोजन र धनप्राप्तिको योग छ । ब्यस्ततासँगै सफलताको दर पनि बढ्नेछ । शत्रुपक्ष परास्त हुनेछ । खेलकूद, भ्रमण तथा मनोरञ्जनात्मक क्रियाकलापमा विशेष मन जानेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): आजको दिन केही प्रतिकूल भएकाले काममा बाधाहरुका सामना गर्नुपर्ने देखिन्छ । इष्टमित्रहरुसँग असमझदारी बढ्न सक्छ । मुद्दा मामिलामा पर्न सकिने योग रहेकोले बोली, व्यवहार र कार्यशैलीमा अत्यन्त सजगता अपनाउनुहोला । वादविवादबाट बच्न चनाखो रहनुपर्नेछ । बिहान काम बन्नेछ भने बेलुका सामान्य तनाव हुने देखिन्छ । तथापि, सामर्थ्य कायम रहनेछ
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): केही सुख केही दुःखको अनुभूति हुने तथा मिश्रित फलदायी समय छ । नोकरीमा झमेला ब्यहोर्नु पर्ला । पेशागत रुपमा समस्या देखिनसक्ने योग छ । आरोग्यबल बढ्नेछ । आफन्तजनको साथ मिल्नेछ । लेखन तथा प्रकाशनसित सम्बन्धित कार्य सार्थक रहला । साझेदारीको काम बन्नेछ । मनमा विलासको भाव पैदा हुनेछ ।
राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्


प्रतिक्रिया दिनुहोस्