विद्या भण्डारीको सदस्यता नवीकरण नहुने र राजनीतिमा फर्कन नमिल्ने एमालेको निर्णय: तीन नेताको असहमति

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ श्रावण २०८२, बुधबार
1 Min Read
Aa

काठमाडौँ – नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी राजनीतिमा नआउन नमिल्ने निर्णय गरेको छ । मंगलबार राति केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पुर्व राष्ट्रपति भण्डारी राजनीतिमा फर्किन नमिल्ने निर्णय भएको सुनाएका हुन् ।

अध्यक्ष ओलीले बैठकको निर्णय सुनाउदै भने-‘पूर्वराष्ट्रपति राजनीतिमा आउन हुँदैन, मिल्दैन ।’ ओलीले पार्टीको विधानको ८ र ९ मा भएको व्यवस्था उल्लेख गर्दै भण्डारीको सदस्यता नवीकरण गर्न नसकिने र राजनीतिमा फर्कन नमिल्ने निर्णय सुनाएको एक केन्द्रीय सदस्यले जानकारी दिएकाछन् ।

- Advertisement -
Ad imageAd image

निर्णय सुनाउनेक्रममा पार्टी अध्यक्ष ओलीले आफुले दिएका सुझाव र त्यसको जवाफको प्रतीक्षामा रहेको अवस्थामा पत्रकार सम्मेलन गरेर केन्द्रीय कमिटीको बैठकलाई नै चुनौती दिएको बताएका थिए । उनले बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा नफर्कन, आफ्नो गरिमाअनुरूप पूर्वराष्ट्रपतिको हैसियतमा सल्लाहकार र अभिभावक बनेर बस्न आग्रह गर्ने निर्णय गरेको सुनाएका थिए ।

सो निर्णयप्रति उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली र पोलिटब्युरो सदस्य कर्ण बहादुर थापाले असहमति जनाएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । गौतमले तीन जनाले उठेर विरोध गरेको तर अन्य सबैले समर्थन गरेको बताए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्