प्रतिनिधिसभा बैठक बस्दै, ‘कुलिङ पिरियड’ प्रकरणमा संसदीय छानबिन समितिका सदस्यहरूको नाम घोषणा हुने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ असार २०८२, सोमबार
1 Min Read
Aa
प्रतिनिधिसभा बैठक काठमाडौँ, ५ फागुनः नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा सोमबार बसेको प्रतिनिधिसभा बैठक । तस्बिरः किरणराज विष्ट÷रासस

काठमाडौं – संघीय संसद् प्रतिनिधिसभाको बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा आज अपराह्न १ः०० बजे बस्दैछ। आजको बैठकमा प्रतिनिधिसभाका सचिव हर्कराज राईले प्रतिनिधिसभामा उत्पत्ति भएको ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’ र ‘भन्सार विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश टेबुल गर्ने कार्यसूची तय भएको छ।

यसैगरी ‘विनियोजन विधेयक, २०८२’, ‘आर्थिक विधेयक, २०८२’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ लाई पनि राष्ट्रियसभाको सन्देशसहित टेबुल गर्ने कार्यसूची छ।

- Advertisement -
Ad image

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२’ प्रस्तुत गर्नु हुनेछ। युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले ‘राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक, २०८२’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय भएको संघीय संसद् सचिवालयले जनाएको छ।

आजको बैठकमा महालेखापरीक्षकको ६२औं वार्षिक प्रतिवेदन र कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको वार्षिक प्रतिवेदनसमेत पेस हुने कार्यसूची छ।

यसैगरी आजको बैठकमा राज्य ब्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा र सचिव सुरजकुमार दुरावाट घटाइएको ‘कुलिङ अफ पिरियड’ प्रकरणका बारेमा छलफल हुनेछ। सम्भवतः सो प्रकरणका बारेमा संसदले एक छानबिन समिति बनाउनेबारेमा निर्णय गर्नेछ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्