विपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक सूचना टाँसेर भोलिसम्म स्थगित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ जेष्ठ २०८२, मंगलवार
1 Min Read
Aa

काठमाडौं – विपक्षी दलहरूको अवरोधका कारण स्थगित भएको प्रतिनिधिसभा बैठक सूचना टाँसेर बुधबारसम्मका लागि स्थगित गरिएको छ । संसद् सचिवालयले सूचना टाँसेर बुधबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेको छ ।

गृहमन्त्री रमेश लेखकको राजीनामा तथा भिजिट भिसा प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठनको माग राख्दै विपक्षी दलहरूले मंगलबारको बैठक अवरुद्ध गरेका हुन् ।

- Advertisement -
Ad image

बैठकको अवरोध खुलाउन सभामुख देवराज घिमिरले सत्ता र प्रतिपक्षी दलबीच सहमतिको प्रयास गरे पनि सफल हुन नसकेपछि मंगलबारको बैठक स्थगित गरिएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्