पेट्रोल र डिजेलको मूल्य घट्यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ जेष्ठ २०८२, बिहीबार
1 Min Read
Aa

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमको सञ्चालक समितिले बिहीबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो।

निगमले इण्डियन आयल कर्पोरेशनबाट पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटेर आएकाले मूल्य समायोजन गरिएको जनाएको छ। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ तथा डिजेल र मट्टितेलमा ३ रुपैयाँले मूल्य घटाइएको छ।

- Advertisement -
Ad imageAd image

नयाँ मुल्यअनुसार अब पेट्रोल प्रतिलिटर पहिलो वर्गमा १५४.५०, दोस्रोमा १५६ र तेस्रोमा १५७ रुपैयाँ भएको छ भने डिजेल पहिलो वर्गमा १३९.५०, दोस्रोमा १४१ र तेस्रोमा १४२ रुपैयाँ भएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्