सरकार र शिक्षक महासंघबीचको वार्ता सहमति नजिक: कक्षा १२ को परीक्षा निर्धारित समयमै गर्ने तयारी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ बैशाख २०८२, मंगलवार
1 Min Read
Aa
काठमाडौँ, ३ वैशाखः देशभरका सामुदायिक विद्यालयका शिक्षकहरूको प्रदर्शन काठमाडौँको–माइतीघर मण्डलास्थित सडकमा देशभरका सामुदायिक विद्यालयका शिक्षकहरूको प्रदर्शनमा बुधबार सहभागी शिक्षक शिक्षिका । तस्बिरः किरणराज विष्ट/रासस

काठमाडौं – सरकार र प्रदर्शनरत शिक्षक महासंघबीचको वार्ता सकारात्मक निष्कर्षका साथ स्थगित भएको छ। सोमबार राति अबेरसम्म सिंहदरबारस्थित शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको वार्तामा केही तयारी गर्नुपर्ने भएकाले सहमति हुन नसकेको सरकार पक्षको दाबी छ।

सरकारकोतर्फबाट वार्ताको नेतृत्व शिक्षामन्त्री रघुजी पन्तले गरेका थिए भने महासंघको तर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदीसहितको टोलीले गरेको थियो। वार्तापछि शिक्षामन्त्री पन्तले वार्ता सकारात्मक दिशामा अगाडि बढेको प्रतिक्रिया दिए। उनले भने, “केही विषय टुंगाे लगाउन बाँकी छ। वार्ता सकारात्मक रूपमा अगाडि बढेको छ।”

- Advertisement -
Ad image

शिक्षामन्त्री पन्तले कक्षा १२ को परीक्षा निर्धारित समयमा गर्ने पक्षमा आफूहरू रहेको बताउँदै सरकार गम्भीर भएर छलफलमा लागेको उल्लेख गरे। उनले महासंघसँगको वार्ता सकारात्मक रूपमा अगाडि बढेकाले यथाशीघ्र वार्तालाई निष्कर्षमा टुङ्ग्याउने पक्षमा सरकार रहेको जानकारी दिए।

महासंघका अध्यक्ष सुवेदीले केही विषयमा छलफल भए पनि धेरै विषयमा छलफल बाँकी रहेको बताए। उनले छलफलबाट निकास निस्केपछि मात्रै आन्दोलन निष्कर्षमा पुग्ने उल्लेख गरे।

मन्त्रिपरिषद्को सोमबारको बैठकले शिक्षक महासंघसँग वार्तालगायत विषयमा सहमति गर्न शिक्षामन्त्री पन्तलाई जिम्मेवारी दिएको थियो। मन्त्रिपरिषद्को बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबारसम्म शिक्षक आन्दोलनको माग सम्बोधन हुने बताएका थिए। विद्यालय शिक्षा ऐनलगायत माग राखी शिक्षकहरूले गत चैत २० गतेदेखि राजधानी काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएका छन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्