सरकार र आन्दोलनरत शिक्षकबीच भोलि बिहान निर्णायक वार्ता हुने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ बैशाख २०८२, शुक्रबार
1 Min Read
Aa
काठमाडौँ, ३ वैशाखः देशभरका सामुदायिक विद्यालयका शिक्षकहरूको प्रदर्शन काठमाडौँको–माइतीघर मण्डलास्थित सडकमा देशभरका सामुदायिक विद्यालयका शिक्षकहरूको प्रदर्शनमा बुधबार सहभागी शिक्षक शिक्षिका । तस्बिरः किरणराज विष्ट/रासस

काठमाडौं  – सरकार र आन्दोलनरत शिक्षकबीच शनिबार बिहान वार्ता हुने भएको छ । वार्ता बिहान ७ः३० बजे हुने भएको हो ।

शिक्षकहरूसँग भोलि बिहान वार्ता गर्न लागिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव युवराज पौडेलले जानकारी दिए ।

- Advertisement -
Ad image

शुक्रबार ३ बजे शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त नेपाल शिक्षक महासंघका नेतासँग वार्ता गर्न मन्त्रालयमा कुरेर बसेका थिए । तर शिक्षकहरु मन्त्रालयम नपुगी फर्किएपछि वार्ता हुन सकेन ।

मन्त्रालयले के कारणले वार्ता नभएको भन्ने नखुलाए पनि भोलि निर्णायक वार्ता हुने जनाएको छ । यता नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले भने विशेष कारणवश आज आफूहरू मन्त्रालय प्रवेश नगरी फर्किएको बताए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्