बैंगलुरुलाई पराजित गर्दै पञ्जाब दोस्रो स्थानमा उक्लियो: आईपीएलमा आज गुजरात र दिल्ली तथा राजस्थान र लखनउ भिड्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ बैशाख २०८२, शनिबार
2 Min Read
Aa

काठमाडौं – पञ्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पाँचौं जित निकालेको छ । शुक्रबार भएको खेलमा पञ्जाबले रोयल च्यालेन्जर्स बैंगलुरुलाई ५ विकेटले हराउँदै अंकतालिकामा दोस्रो स्थानमा उक्लिएको छ । बर्षाले प्रभावित यो खेल १४-१४ ओभर खेलिएको थियो ।

बैंगलुरुले दिएको ९६ रनको लक्ष्य पछाएको पञ्जावले १२.१ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । पञ्जाबको जितमा नेहाल वढेराले अविजित ३३ रन बनाए भने प्रियंश आर्याले १६ र प्रभसिमरन सिंहले १३ र जोस इंगलिसले १४ रन बनाएका थिए । त्यस्तै बैंगलुरुका बलर जोस हजेलवुडले ३ विकेट लिए भने भुवनेश्वर कुमारले २ विकेट लिए ।

- Advertisement -
Ad image

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको बैंगलुरुले ४ ओभरमा ९ विकेट गुमाउदै ९५ रन बनाएको थियो । बैंगलुरुका लागि टिम डेभिडले अविजित ५० रन बनाए भने कप्तान रजत पाटीदारले २३ रन बनाएका थिए । त्यसैगरी पञ्जावका बलर अर्शदीप सिंह, मार्को जानसेन, युज्वेन्द्र चहल र हर्प्रित ब्रारले २-२ विकेट लिएका थिए ।

यो जितपछि पञ्जाबको ७ खेलमा ५ जित र २ बाट १० अंक भएको छ र दोस्रो स्थानमा उक्लिएको छ । त्यस्तै बैंगलुरुको भने यो तेस्रो हार हो । ७ खेलमा ४ जित र ३ हार बेहोरेको बैंगलुरु ८ अंकसहित चौथो स्थानमा छ । आईपीएलमा आज दुई खेल हुँदै छन् आज हुने पहिलो खेलमा गुजरात टाइटन्स र दिल्ली क्यापिटल्स भिड्दा आजै हुने दोस्रो खेलमा राजस्थान रोयल्स र लखनउ सुपर जायनट्सको भिडन्त हुँदै छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्