महासंघले भन्याे ‘विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभाबाट पारित नभएसम्म आन्दोलन रोकिँदैन’

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ बैशाख २०८२, बुधबार
1 Min Read
Aa

काडमाडौं – नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभाबाट पारित नभएसम्म आन्दोलन नरोकिने जनाएको छ।

शिक्षा पत्रकार समूहले बुधबार काठमाडौंमा आयोजना गरेको अन्तक्र्रियामा महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले संसदबाट विद्यालय शिक्षा विधेयक पारित हुने अवस्था नभएसम्म आन्दोलन नरोकिने बताएका हुन्। उनले विधेयक प्रतिनिधिसभाबाट पारित भए राष्ट्रियसभाबाट पारित हुन र राष्ट्रपतिबाट प्रमाणीकरण हुन समय नलाग्ने जिकिर गरे। त्यसका लागि मिति तोकेर नै विधेयकको प्रक्रियालाई अघि बढाउनुपर्ने उनको भनाइ छ।

- Advertisement -
Ad image

अध्यक्ष सुवेदीले आन्दोलन निर्णायक नभएसम्म कुनै पनि शिक्षक विद्यालय नफर्कने स्पष्ट पारे। आन्दोलनलाई सफल बनाउन प्रत्येक शिक्षकबाट एक सय रुपैया उठाउन सर्कुलर गरिएको र त्यहि उठेको रकमबाट आन्दोलन चलिरहेको उनले बताए। उनले विद्यालय शिक्षा विधेयक अघि बढाउन बिभिन्न राजनीतिक दलको ढोकामा गएपनि उनीहरुले वेवास्ता गरेका कारण अहिलेको अवस्था आएको उल्लेख गरे। आफूहरुको आन्दोलनका कारण पढाईमा पर्ने असरको क्षतिपूर्ति आफूहरु दिन तयार रहेको उनले बताए।

अध्यक्ष सुवेदीले बाधा नपारिकन सुन्ने चरित्र राज्यको नभएकाले आफूहरुले कठोर आन्दोलन गर्नुपरेको जिकिर गरे।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्