पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो: अब प्रतिलिटर कति पर्छ ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ बैशाख २०८२, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – नेपाल आयल निगमले इन्धनको मुल्य घटाएको छ । निगमले आज रातिदेखि लागु हुनेगरी पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँले घटाएको छ भने डिजल र मट्टीतेलमा पनि प्रतिलिटर ३ रुपैयाँ घटाएको जनाएको छ ।

मंगलबार बसेको निगम संचालक समितिको बैठकले सो निर्णय गरेको निगमले जानकारी दिएको छ । निगमले भारतबाट आएको नयाँ मुल्य अनुसार पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ १५ पैसा घटेर आएको छ भने डिजल/मट्टीतेलमा प्रतिलिटर  २ रुपैयाँ ६२ पैसा घटेर आएको जानकारी दिएको छ ।

- Advertisement -
Ad image

निगमले तोकेको नयाँ मुल्य अनुसार काठमाडौँमा पेट्रोलको प्रति लिटर १६० रुपियाँ भएको छ भने डिजल/मट्टीतेलको प्रतिलिटर १४६ रुपैयाँ भएको छ ।

 

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्