आज मिति वि सं २०८१ साल चैत ३० गते शनिबार चैत शुक्ल पक्षको पूर्णिमा तिथि। हनुमान जयन्ती/अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस/वैशाख स्नान प्रारम्भ/पूर्णिमा व्रत/बालाजु बाइस धारा मेला। तदनुसार सन् २०२५ अप्रिल १२ तारिख।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): तार्किक क्षमताले सम्मान दिलाउने देखिन्छ, तर आजको दिन खासै उत्साहजनक नरहला । अधैर्य व्यवहारले समस्या निम्त्याउन सक्छ । आशा देखाउनेहरूले धोका दिन सक्ने तथा लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ने स्थिति आउन सक्छ । अवसरवादीहरूले तपाईंका कमजोरीको फाइदा उठाउन सक्छन् । दैनिक कार्यमा खासै जाँगर चल्ने देखिन्न । तथापि, इष्टमित्रको सहयोग रहनेछ । स्वास्थ्य सबल रहला ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): मिश्रित फलदायी दिन छ । आँटले काम लिन नसक्दा पछि परिएला । स्वास्थ्य पनि केही कमजोर रहनेछ । भेटघाटले काममा बाधा पुऱ्याएपनि समुदायको हितमा राम्रै काम गर्न सकिने देखिन्छ । तथापि, मेहनतले विभिन्न अवसर जुटाउने योग छ । सामाजिक उत्तरदायित्व बहन गर्नुहोला । शुभचिन्तकहरूले साथ दिनेछन् ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): काम गर्दा चुनौती आइलागेपनि कीर्तिमानी काम सुरु गर्ने समय छ । खर्च केही बढ्न सक्छ तर दिगो फाइदा हुने देखिन्छ । महत्वपूर्ण जिम्मेवारी हात पर्ने योग छ । धेरैले साथ-सहयोगको भाव प्रकट गर्नेछन् । महत्वपूर्ण निर्णय लिने समय छ । अध्ययन कार्यमा प्रगति होला । वैरभाव राख्नेहरूले हार खानेछन् । बौद्धिकता र रचनात्मकता बढ्नेछ । जस्तोसुकै समस्याको समाधान प्राप्त हुनेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आजको दिन अस्वस्थता महसुस हुनुका साथै काम बिग्रने भयले सताउन सक्छ । सोख पूर्तिका लागि फजुल खर्च बढ्न सक्छ । आलस्य गर्दा बीचैमा काम रोकिने सम्भावना छ । अर्थ संग्रहमा बाधा पुग्नेछ । न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने अवस्था रहला । यी सबका बाबजुद सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । साथीभाइको सहयोग प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): काममा लगनशील बन्दा दिगो फाइदा उठाउन सकिने समय छ । सुखद समाचारले उत्साह जगाउला । तर्कशक्ति बढ्नुका साथै रोकिएका काम सम्पादन हुनेछन् भने आलोचकहरूलाई उचित जवाफ दिन सकिनेछ । ऋणमोचन हुने योग छ । आरोग्यता बढ्नेछ । रसराग तथा मनोरञ्जनात्मक क्रियाकलापमा मन जाला । पारिवारिक सुख मिल्नेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): कीर्तिमानी काम सुरु गर्ने समय छ । धेरैले साथ दिनेछन् । धन आर्जनको दृष्टिले पनि राम्रो दिन छ । अप्रत्यासित रुपमा धनलाभ हुने देखिन्छ । व्यापार र उद्योगमा फाइदा हुनेछ । तथापि, पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिनाले समस्या उत्पन्न होला । प्रतिस्पर्धीहरूले समस्या उब्जाउन सक्छन्, सजग रही व्यवहार गर्नु उचित हुनेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): कर्मबल वृद्धि हुनेछ । साहसिक काममा आकर्षण बढ्ने र व्यापार-व्यवसायमा विशेष सफलता प्राप्त हुने समय छ । विशेष जिम्मेवारी वहन गर्नुपर्ने स्थिति आउन सक्छ । रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ । व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ । मन मिल्ने साथी भेटिनाले मन प्रसन्न रहला । विभिन्न अवसर प्राप्त भएपनि अरूको मुख ताक्ने बानीले पछि परिनेछ, ध्यान राख्नुहोला । समय र नियमलाई बेवास्ता नगर्नुहोला ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): सामर्थ्य वृद्धि हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका जुर्ला । बौद्धिक जमातलाई आकर्षित गर्ने काम सम्पादन गर्न सकिनेछ । सोखले खर्च बढाउने योग छ । विगतको श्रमबाट सामान्य लाभ भए पनि परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ । बौद्धिक र रचनात्मक कार्यमा सफलता प्राप्त हुनेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । शुभचिन्तकहरूसँग भेटघाट होला । विगतका कमी–कमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त होला । अवरोधका बीच समुदायको हितमा राम्रै काम गर्न सकिनेछ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइएला । आफ्नै कमजोरीले अवसर गुम्न सक्छ, सजगतापूर्वक कार्य गर्नुहोला । रसरागात्मक कार्यमा आकर्षण बढ्नेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): दीर्घकालसम्म फाइदा हुने काममा हात हाल्ने समय छ । सोचेको काम बन्नुका साथै विभिन्न अवसर प्राप्त हुनेछन् । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । मंगलमय कृत्य सम्पादन हुने देखिन्छ । रसरागको भाव जागृत होला । सन्तानसुख बढ्नेछ । तथापि, आफूभन्दा कमजोरहरूसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहने योग छ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): केही समस्या देखिए पनि आजको दिन मनोरञ्जनपूर्ण रहनेछ । परिवारजनको साथले नयाँ आशा जगाउला । कार्यक्षेत्रमा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । श्रमको उचित मूल्यांकन हुनेछ । आरोग्यता रहनेछ । मिठो भोजन प्राप्त हुनेछ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): आम्दानी बढ्नुका साथै आर्थिक पक्ष सबल बन्नेछ । प्रेमभाव वृद्धि होला । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । आफन्तको साथ मिल्नेछ । साझेदारीको काम बन्नेछ । सुख सुविधाको वस्तु बढ्नेछन् । सुख विलास पनि बढ्नेछ । सोख पूर्तिका लागि खर्च भने बढ्न सक्ने समय छ ।
राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्


प्रतिक्रिया दिनुहोस्