प्रधानमन्त्री ओली र म्यानमारका प्रधानमन्त्री हलिङबीच भेटवार्ता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० चैत्र २०८१, बिहीबार
1 Min Read
Aa

काठमाडौं – थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र म्यानमारका प्रधानमन्त्री मिन आङ हलिङबीच भेटवार्ता भएको छ । आज बैँककमा उनीहरुबीच भेटवार्ता भएको हो ।

प्रधानमन्त्री ओलीले भोलि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने कार्यक्रम तय भएको छ । मोदी बिमस्टेक सम्मेलनमा भाग लिनको लागि आज बैंकक पुगिसकेका छन् ।

- Advertisement -
Ad image

प्रधानमन्त्री ओली थाइल्याण्डको औपचारिक भ्रमण र बिमस्टेक सम्मेलनमा सहभागी हुन चैत्र १९ गते बैंकक पुगेका हुन् । उनी यही चैत्र २३ गते स्वदेश फर्किने बताईएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्