चैत्र १५ गते शुक्रबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ चैत्र २०८१, शुक्रबार
6 Min Read
Aa

आज मिति वि.सं २०८१ चैत्र १५ गते शुक्रबार ई.सं २०२५ मार्च २८ नेपाल सम्बत ११४५ चिल्लागा चतुर्दशी नाम संवत्सर सूर्य उत्तरायनं, वसन्त ऋतु, चैत कृष्ण चतुर्दशी, चन्द्रमा कुम्भ राशिमा, पूर्वभाद्र नक्षत्र, शुभ योग, विष्टिरभद्रा करण । आज नेपालमा सूर्याेदय बिहान ०५ बजेर ५८ मिनेटमा भयो भने सूर्यास्त साँझ ०६ बजोर १९ मिनेटमा हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): सानातिना काममा महत्वपूर्ण समय बित्नेछ । सहयोगीहरूको साथ दिए पनि काम पूरा हुन मुस्किल पर्ने दिन छ । मिहेनत लगाएर गरेको कार्यबाट पनि खसै उपलब्धि हासिल गर्न नसकी ब्यर्थ समय बित्ने देखिन्छ । तथापि, मित्रजनहरू सहयोगी बनेर देखापर्नेछन् । मिष्ठान्न भोजन जुर्ने देखिन्छ । यात्राागत कार्यमा झमेला हुन सक्ने योग रहेकोले आज थाती राख्नु उचित होला ।

- Advertisement -
Ad image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ने समय छ । सबल स्वास्थ्यको लागि आहारविहारमा विशेष सतर्क रहनु हितकर हुनेछ । महत्वपूर्ण कार्य समयमै सम्पन्न नहोला । अनावश्यक यात्रालाई टार्ने प्रयत्न गर्नु उचित हुनेछ । धर्मकर्ममा आकर्षण बढ्नाले सुखको अनुभूति होला । बौद्धिक तहको कार्यमा सफलता मिल्नेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): मातापिता एवम् परिवारजनसँगको भेटघाटले मनमा हर्षउल्लास छाउने समय छ । श्रद्धा र परोपकारमा मन जाने देखिन्छ । स्वास्थ्यमा भने केही कमजोरी अनुभव हुनसक्छ, सचेत रहनुहोला । खर्चभन्दा आर्जन नै बढी हुने योग छ । शिक्षा क्षेत्रमा पनि राम्रो प्रगति होला । धर्मकर्ममा रुचि बढ्नेछ । आजको दिन विशेष महत्वको काममा अरुको भर नपर्नु उचित हुनेछ । शत्रुमाथि विजय प्राप्त होला ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): पारिवारिक सुख मिल्ने समय छ । दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । धनार्जन हुनेछ । विपरितलिंगीबाट प्राप्त हौसलाले मन रमाउनेछ । ब्यापार-व्यवसायमा पनि फाइदाकै योग छ । साझेदारीको काम बन्नेछ । प्रेमभाव बढ्नेछ । रसरागमा आकर्षण रहला ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आजको दिन अलिक प्रतिकूल भएकाले काममा बाधाहरुको सामना गर्नुपर्ने देखिन्छ । मनमा उदासिनता बढ्न सक्छ । अवरोध सिर्जना गर्नेहरु सक्रिय हुनेछन् भने विश्वास गरेकाले धोका दिन सक्छन् । बिहान काम बने पनि बेलुकाको समय सामान्य तनाव वृद्धि हुने योग छ । इष्टमित्रहरुसँग असमझदारी बढ्न सक्छ । मुद्दा मामिला पर्न सकिने योग रहेकोले विशेष सतर्कताको खाँचो छ । स्वास्थ्य सबल रहला । रसरागको कार्यक्रममा आकर्षण बढ्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): मिश्रित फलदायी दिन छ । आर्थिक लाभ हुनेछ भने मान सम्मान पनि पाउन सकिएला । स्वास्थ्यका दृष्टिकोणले पनि राम्रो समय छ । तर, पेशागत रुपमा समस्या देखिन सक्छ । नोकरीमा झमेला ब्यहोर्नु पर्ला । यात्रागत कार्य निष्फल रहन सक्छ । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): ब्यस्तता बढेपनि काम बन्नाले मन रमाृउने छ । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । धन कमाउने योग छ । पशुधनबाट राम्रो फाइदा हुने देखिन्छ । काम बन्नाले सुखको अनुभव होला । आरोग्यबल वृद्धि हुनेछ । मिठो भोजन प्राप्तिको योग छ । साहसिक काममा आकर्षण बढ्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): पराक्रम वृद्धिले रोकिएको काम बन्नेछ । व्यापार/व्यवसायमा हुनुहुन्छ भने राम्रै आम्दानी गर्ने दिन छ । नसोचेको काम बन्न सक्छ । अनेक किसिमका फाइदा हुने योग छ । प्रियजनसँगको भेटघाटले मन रमाउला । महत्वपूर्ण काम बन्नाले सुखको अनुभव हुनेछ । मिठो भोजन प्राप्त होला । स्वास्थ्य सबल रहनेछ । नोकरीमा भने दिन सामान्य रहला ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): दिन केही चुनौतीयुक्त रहला । अनावश्यक झमेलामा परिने सम्भावना छ । आजको दिन यात्राको क्रममा विशेष सावधान रहनु हितकर होला । सबल स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ने देखिन्छ । महत्वपूर्ण काममा समस्या आइपर्नसक्ने योग रहेकोले थाती राख्नु उचित हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): विचार, बोली र व्यक्तित्वले धेरैलाई आकर्षण गर्ने समय छ । विशेष काम रोकिए पनि अप्ठ्यारोमा साथ दिनेहरू भेटिनेछन् । अनौठो तर सकारात्मक खबर सुन्न पाइएला । धन कमाउने योग छ । परोपकारका काममा पनि मन जानेछ । मिठो भोजन प्राप्त होला । आरोग्यत बढ्नेछ । नियमकानूनले साथ दिनेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): लगानी बढ्नेछ तर आयआर्जन वृद्धिको समय छ । नउठ्ने ठानिएको पैसा उठ्ने योग रहेकोले मनमा हर्ष छाउला । अनौठो तरिकाले कमाइ भइ मन खुशी बन्नेछ । रमाइलो यात्राको योग रहेको छ ।। मिठो भोजन प्राप्त होला । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । बौद्धिकता अभिवृद्धिको अनुभूति हुने देखिन्छ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): भाग्यबल बढ्ने र आफन्तजनको विशेष साथ–सहयोग मिल्ने समय छ । घरमा पाहुनाको आगमन हुनसक्छ । धनलाभ होला । साथै रमाइलो यात्राको योग रहेको छ । तथापि, टाढाको यात्रा गर्ने योजनामा हुनुहुन्छ भने केही दिनका लागि स्थगित गर्नु बेस हुनेछ । लेखनसम्बन्धित काममा सफलता मिल्नेछ । सुख विलास पनि बढ्नेछ । मिठो भोजन प्राप्त होला ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्